माओवादी नेता द्वारा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता

                 माओवादीका जिल्ला नेताले सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । स्थानीय बासिन्दाले विरोध गरेका छन् । आक्रोशित गाउँलेले बिहीबार मालपोत कार्यालय घेराउ गर्दै जग्गा दर्ता बदर गराउन माग गरे । एक वर्ष अगाडि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगबाट माकर ८ मा रहेको आठ कठ्ठा सार्वजनिक पोखरी जिल्ला सचिव राजु हरिजनले आफ्नो नाउँमा गराएको जनाउँदै स्थानीय बासिन्दाले कार्यालय घेराउ गरेका हुन् । 
सार्वजनिक पोखरी दर्ता गराएका उनले केही दिनअघि पोखरी पुर्न भन्दै माटो खसाल्न थालेपछि जग्गा उनले दर्ता गराएको पुष्टि भयो । जग्गा दर्ता बदर गर्न मालपोत कार्यालय घेराउ गर्न आएको स्थानीय शिवप्रसाद न्यौपानेले बताए ।
वषरैंदेखि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको जग्गा दर्ता बदर नभए अदालत जाने उनीहरूले बताए । मालपोत प्रमुख रामनारायण पाण्डेले जग्गा गाविस र सर्वदलीय सिफारिसमा तत्कालीन आयोगले दर्ता गरेको बताए । दर्ता भएका र दर्ता हुन बाँकी रहेका सम्पूर्ण फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेका कारण कुन कित्ता र कति क्षेत्रफल भन्नेबारे यकिन हुन नसकेको उनले जनाए ।
तत्कालीन सर्वदलीय समितिका सदस्य कृष्ण ढुंगानाले माकर गाविसमा धेरै जनाको जग्गा दर्ताका लागि सिफारिस गरिएको र सिफारिसमा हरिजनको परेको हुन सक्ने त्यसमध्ये पहुाचवालाले मात्र जग्गा पाएको दाबी गरे । जग्गा दर्ता गराउनेबारे सचिव हरिजनले राजनीतिक पूर्वाग्रही केही व्यक्तिले स्थानीयवासी उचालेको आरोप लगाए ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको