"भण्डारीसंग पार्टीले स्पष्टिकरण मांग "
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरतसिंह भण्डारीसंग
पार्टीले स्पष्टिकरण मांग गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले
शुक्रवार सरकारी सन्चारमाध्यम गोरखापत्रमा विज्ञापन प्रकाशित गरी भण्डारीले
पार्टीको नीति, निर्णय, हित तथा संगठनात्मक अनुशासनविपरित काम गरेको आरोप
लगाउदै तीन दिनभित्र पार्टी केन्दि्रय कार्यालयमा उपस्थित भएर लिखित
स्पष्टिकरण दिन भनेको छ । भण्डारीले भने जस्तै अवरोध आए पनि संघीय
लोकतन्त्र र स्वायत्त मधेश प्रदेशको पक्षमा आफ्नो लडाइ नरोकिने जनाएका छन ।
'हामीले उहालाई स्पष्टिकरण पठाएका थियौं तर बुझन नमानेकाले पत्रिकामासमेत प्रकाशित गरेका हौं,' अनुशासन समितिका संयोजक हेमराज तातेडले भने, 'उहालाई तीन दिनको समय दिइएको छ । प्रष्टिकरण आएपछि त्योसहित आवश्यक सिफारिस केन्दि्रय समितिमा दिनेछौं ।' आरोपको जवाफ नदिए अनुशासनहीनता स्वीकार्य नहुने उनले जनाए ।
अनुशासन समितिले भण्डारीलाई पाँच महिनादेखि निरन्तर पार्टी हितविपरित मधेसका जिल्लाहरुमा सार्वजनिक रुपमै सभा, गोष्ठी गरी समानान्तर संगठन खडा गर्ने अभिष्टका साथ प्रत्यक्ष रुपमा पार्टीलाई नोक्सान पुर्याउने काम गरेको आरोप लगाएको छ । यस्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाविरुद्घ कहिले बृहत मधेशी मोर्चा त कहिले पहिचानसहितको संघीयता विरोधी तत्वसंग साठगाठमा व्यक्तिगत रुपमा सक्रिय भएको समितिले जनाएको छ ।
उनीमाथि पहिचानसहितको संघीयताविरोधी शक्तिसंग साठगाठ गरी फोरम लोकतान्त्रिकको नाममा राष्ट्रपतिसमक्ष भौतिक रुपमै प्रस्तुत भएर निवेदन दिइ राष्ट्रव्यापीरुपमा भ्रम सिर्जना गरेको आरोपसमेत लगाइएको छ । 'म संघीय लोकतन्त्र र स्वायत्त मधेस प्रदेशको पक्षमा लडेको छु,' भण्डारीले भने, 'यदि यो अनुशासनहीनता हो भने यस्तो अनुशासनहीनता म सधै गर्नेछु ।' उनले मधेसको अग्रगामी हित र लोकतन्त्रको लडाई जारी रहनेसमेत जनाए

0 comments