"असार १ मा वैद्यपक्षको राष्ट्रिय भेला "
करिव-करिव फुट नजिक पुगिसकेको माओवादीको विवाद झन् उत्कर्षमा पुगेको छ ।
उपाध्यक्ष मोहन वैद्य समूहले राष्ट्रिय भेला बोलाएलगत्तै संस्थापनले पनि
विस्तारित बैठक डाकेको छ ।
वैद्यले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी असार १ गते राष्ट्रिय भेलाको घोषणा गरेलगत्तै संस्थापन समूहको केन्द्रीय समिति बैठकले असार १५ गते विस्तारित बैठक बोलाएको पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले वैद्य समूहसँग एकताका लागि पहल गर्ने निर्णय गरेको उनले बताए । गजुरेलका अनुसार संस्थापनले असार १ गते देशव्यापी भेला आयोजना गरेको छ ।
नेवाः राज्य समितिको कार्यालय कुपन्डोलमा शुक्रबार नै उपाध्यक्ष वैद्यले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भइसकेको जानकारी दिए । वैद्य पक्षले असार १ गते आफ्नो विचार मिल्ने पक्षको राष्ट्रिय भेला बोलाएको उनले बताए । त्यसपछि आगामी कार्ययोजना बनाइने वैद्यले बताए । 'शान्तिपूर्ण ढंगले बढ्न दिए ठीकै छ नभए बन्दुक उठाउन पनि सकिन्छ', उनले भने । सधैं जनविद्रोहको कुरा गर्दै आएको उक्त समूहले आजभने त्यस्तो चेतावनी दिएनन् ।
वैद्यले संविधानसभाको निर्वाचन घोषणा अत्यन्तै हाँस्यास्पद र बिडम्बनापूर्ण भएको टिप्पणी गरे । उनले सर्वपक्षीय गोलमेचसभा मार्फत अन्तरिम संयुक्त सरकारको गठन हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । संयुक्त सरकारले नयाँ संविधानको अधुरो काम पूरा गर्ने उनले बताए ।
प्रमुख दलका शीर्ष नेता, संविधानसभाका अध्यक्ष संविधान नबन्नुमा सबैभन्दा बढी दोषी र जिम्मेवार रहेको वैद्यको भनाइ छ ।

0 comments