देउवा क्याम्प छाडे पाँच नेताले

कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वकेन्द्रीय सदस्यद्वय विनयध्वज चन्द र सुनील भण्डारी सहितका नेताले वरिष्ठ नेता शेरबहादुर देउवाको क्याम्प छाडेका छन् ।
लामो समयदेखि संस्थापन पक्षमा रहेका उनीहरूले कांग्रेसको बाह्रौं महाधिवेशनपछि उपसभापति र महामन्त्रीको मनोनयन, प्रधानमन्त्रीको उम्मेदवारलगायतका सवालमा छलफल गर्दा सभापति सुशील कोइराला क्याम्पलाई छाडेर देउवालाई साथ दिएका थिए । उनीहरू देउवा पक्षको भेलामा प्रायः सधैं उपस्थित हुन्थे । 
पार्टी महाधिवेशनमा संस्थापन पक्षले आफ्नो समूहको केन्द्रीय सदस्यहरूको सूची तयार गर्दा आफ्नो नाम नराखेपछि उनीहरू कोइरालासित टाढिएका थिए । आफ्नो समूहले नेता गुरुङको नेतृत्वमा पार्टीमा समग्र एकता कायम गर्न देशव्यापी अभियान सुरु गर्ने जानकारी जोशीले दिए । उनले देउवाको कार्यशैली पार्टी एकताको पक्षमा नभएकाले उनको क्याम्प छाडेको संकेत गरे ।

'हामी पहिला संस्थापन पक्षमै थियौं, अहिले पनि संस्थापन पक्षमै छौं, केही एजेन्डामा कुरा मिलेकाले देउवालाई साथ दिएका हौं । हामीले कुनै समूहमा ज्वाइन गरेको पनि होइन, छाडेको पनि होइन । देउवाको कार्यशैली पार्टीको एकताको पक्षमा नभएकाले हामीले उहाँपक्षीय नेताहरूको भेलामा नजाने निर्णय गरेका हौं,' पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले  भने, 'हामीले पार्टी एकताका पक्षमा जसले राम्रो एजेन्डा अघि सार्छ, उसैलाई साथ दिन्छौं ।' 
देउवाले बुधबार आयोजना गरेको आफ्नो पक्षका नेताको बैठकमा गुरुङ, जोशीलगायतका नेता अनुपस्थित रहे । 'तपाईंहरूको पार्टी एकताको अभियान कहिले सुरु हुन्छ ?' भन्ने प्रश्नमा जोशीले बुधबार भएको देउवा पक्षको भेलामा आफूहरू अनुपस्थित भएदेखि नै समग्र पार्टी एकताको अभियान सुरु भएको बताए । देउवाले आफैंले फोन सम्पर्क गरी गुरुङ, जोशी, बस्नेत र चन्दलाई बुधबारको भेलामा उपस्थित हुन आग्रह गरेका थिए । उनीहरूले अब आफूहरू कुनै क्याम्पमा नलागी पार्टी एकताका लागि क्रियाशील हुने जानकारी गराउँदै भेलामा नआउने प्रत्युत्तर दिएका थिए ।
दुई निर्वाचित केन्द्रीय सदस्य गुरुङ र अम्बिका बस्नेतले छाडेपछि देउवा क्याम्प पार्टीमा केही कमजोर हुन पुगेको छ । गुरुङ नेतृत्वको क्याम्पमा केही सभासदसमेत छन्, उनीहरूले समेत छाडेपछि देउवा समूह संसदीय दलमा समेत केही कमजोर हुने दाबी पार्टी स्रोतको छ ।
जोशीले आफ्नो समूह संस्थापन पक्षमा रहने, तर सभापति कोइरालाको क्याम्प या अरू कसैको पक्षमा नलाग्ने जानकारी दिए । गुरुङको नेतृत्वमा आफूहरूले छिट्टै सुरु गर्ने देशव्यापी पार्टी एकता अभियानमा प्रमुख सचेतक लक्ष्मण घिमिरे, पूर्वकेन्द्रीय सदस्यद्वय सुनील भण्डारी र श्यामलाल श्रेष्ठसमेत लाग्ने जानकारी जोशीले दिए । उनले आफूहरूको अभियानमा २१ जना सभासद र २० जना पार्टीका जिल्ला सभापतिले समेत साथ दिने दाबी गरी । यो अभियानमा रहेका सबै जना संस्थापन पक्षको रहेको जानकारीसमेत जोशीले दिए ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको