तेस्रो सिमरा गोल्डकपको फाइनलमा ''मनाङ-मर्स्याङ्दी ''

दोस्रो हाफको मध्यतिर राजकुमारले हानेको कडा प्रहार पनि गोलकिपरले रोकेका थिए । मनाङका एमबीले लेनेल स्टेफेन र जम्बो एन्टोलेले डिफेन्समा बलियो उपस्थिति जनाएपछि आरसीटीका खेलाडीलाई गाह्रो भएको थियो । आरसीटीका डेविड मोसुगोंले पहिलो हाफमा हानेको फ्रिकिकगोलकिपरले बचाएका थिए । मनाङका डिफेन्डर एमबीले लेनेल स्टेफेनले बल फर्काउन असफल रहेपछि पोलनजिक पाएको अवसर आरसीटीका रेशम रानाले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार मनाङका गोलकिपरले सजिलै समाते ।
खेलको अतिरिक्त समयमा दुवैतर्फबाट लगातार गोलको प्रयास भए पनि त्यो सफल हुन सकेन । हारपछि आरसीटीका प्रशिक्षक बैजुनाथ कपालीले आक्रोशित हुँदै 'खेलाडीले भन्दा रेफ्रिले बढी खेलेको' हुनाले आफ्नो टिम पराजित हुन पुगेको आरोप लगाए । उनले खेलाडीबाट आफू सन्तुष्ट रहेको समेत बताए ।
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले खेलको सुरुवातीमा हल्का तालमेल नमिलेको बताउँदै ३/४ ओपन बल पाए पनि गोल गर्न नसकेको स्वीकारे । उनले आहा गोल्डकप जस्तै सिमरा गोल्डकप पनि मनाङकै हुने दाबी गरे । टिममा दुई फरवार्ड थपिएको हुँदा जित सहज हुने देखेर आफूले उपाधि कब्जा गर्ने दाबी गरेको श्रेष्ठले बताए । उपाधिका लागि मनाङ र सहारा शनिबार भिड्नेछन् ।
By;ekantipur.com
0 comments