निजि चिकित्सकले बताए बादशाह ज्याक्सनको मृत्यु तनावका कारण भएको हो ।

ज्याक्सनको मृत्युमा दोषी ठहरिएर जेल सजायँ भोगिरहेका मरेलाई जेलमुक्त गर्ने प्रयास स्वरुप मरेका वकिलले यस्तो दाबी सहितको कानुनी दस्तावेज तयार पारिसकेका र मरेमाथिको कारवाही कारवाही फुकुवाको मागसहित अदालतमा अपिल गर्ने तयारीमा रहेका बताइएको छ ।
ज्याक्सन त्यसबेला झण्डै ४४ करोड डलर ऋणमा रहेको र लण्डनमा हुने संगीत कार्यक्रमको पनि तयारीमा जुट्नु परेकाले उनले तनाव झेल्न नसकेर तनाव घटाउने औषधि अत्यधिक सेवन गरेको मरेका वकिलले तयार पारेको कानुनी दस्तावेजमा उल्लेख गरिएको छ । ज्याक्सनको मृत्युमा मरेलाई दोषी ठहराउनुअघि अदालतले ज्याक्सको आर्थिक अवस्थाको विषयमा ध्यान नदिएको दाबी मरेका वकिलले गरेका छन् । ज्याक्सनको मृत्युमा मरे दोषी नरहेको दाबी उक्त दस्तावेजमा गरिएको छ ।
by;onlinekhabar.com
0 comments