लालबन्दी फिडरमा चोरी नियन्त्रण बिशेष अभियानमा लाखौंको बिद्युतीय उपकरण बरामद
- विद्युत प्राधिकरणले लालबन्दी फिडरमा दुई सातादेखि चलाएको चुहावट नियन्त्रण अभियानका क्रममा लाखौं मूल्यको बिद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । प्राधिकरणको अभियानसंगै विद्युत चुहावटमा पनि कमी आएको छ । पहिलो चरणमा हरिपुर सबस्टेशन अन्तर्गत लालबन्दी फिडरमा चोरी नियन्त्रण बिशेष अभियान सुरु गरिएकोमा अभियान अत्यन्त सफल भएको र उक्त फिडरमा १० प्रतिशत चुहावट घटेको प्राधिकरण मलंगवा शाखाले जनाएको छ ।अभियानका क्रममा चोरी गर्ने ८ जना व्यक्तिलाई नियन्त्रणमा लिई जरीवाना गरेर छाडिएको थियो ।
बिद्युत चोरी गरी चलाइएका उच्च क्षमताका १७ वटा थ्री फेज मोटर, सिंगल फेजका १ सय ७ वटा मोटर, टेलिभिजन ७३ वटा, पि|mज ४ वटा, पंखा २५ वटा, सिलाई मेशीन २ वटा, मसला बनाउने मेशिन ६ थान, २ वटा हलर मिल, वेल्डीङ मेशीन ३ वटा लगायत लाखौंका सामान बरामद भएको प्राधिकरण प्रमुख द्धिपेन्द्रराज द्धिवेदीले जानकारी दिए ।प्राधिकरणले जरीवानाबाट मात्र दुई साताको अबधिमा ४ लाख ११ हजार रुपैयाँ असुल गरिसकेको छ । बरामद भएका सबै सामान धनीलाई जरीवाना तोकिएको र थप तीन लाख ८ हजार असुल हुन बाँकी रहेको प्राधिकारणले जनायो ।एउटा फिडरमा भएको कारवाहीबाट जिल्ला भरीकै चुहावट प्रतिशत ४ प्रतिशत घटेको हो । उच्च बिद्युत चुहावटका कारण यहाँ दैनिक ४ घण्टा थप लोडसेडिङ हुंदै आएको थियो । चुहावट प्रतिशत घटेकाले एक घण्टा लोडसेडिङ घटाउन लेखापढी भइसकेको द्धिवेदीले जनाए ।'जिल्लाभरीका सवै ६ फिडरमा चोरी नियन्त्रण गरिसक्दा चुहावट निकै घट्छ,' द्धिवेदीले भने, 'हामीले अभियान सुरु गरेपछि डरले सबैतिर चोरी घटेको छ ।
By;ekantipur.com
0 comments