ज्वाइँ को खोजिमा कटरिनाकी आमा


बलिउड अभिनेत्री कटरिना कैफको फिल्मी करिअर ग्राफ जस्तै गरी उकालो लागिरहेको छ । तर उनको निजि जिन्दगीमा भने उतारचढाव आइरहन्छ । सलमान खानसँगको ब्रेकअप पछि रणवीर कपूरसँग नजिकिएकी कटरिनाको सम्बन्ध कपूरसँग पनि धेरैदिन टिक्न सकेन । जो सँग पिरती गाँसेपनि धेरै नटिक्ने भएपछि कटरिनालाई पीर पर्नु स्वभाविकै हो ।
तर उक्त शोकलाई शक्तिमा बदल्दै उनले आफ्नो फिल्मयात्रामा सफलता प्राप्त गर्दै गइरहेकी छिन् । पछिल्लो दिनमा कटरिना पूर्वप्रेमी सलमान खानसँग फेरी लहसिन थालेको चर्चा समेत गाइँगुइँ चल्ने गरेको छ । धेरैले सलमान र कटरिना अब एक हुँदैछन् भन्ने पनि हल्ला चलाएका छन् । तर कटरिनाले भने यस्तो हल्लाको खण्डन गरेकी छिन् ।

सूत्रका अनुसार कटरिनाले अब प्रेमको चक्करमा नफस्ने संकल्प गरिसकेकी छिन् । उनी आफ्नी आमाले खोजिदिएको केटासँग मागी बिहे गर्ने सुरमा छिन् न की आफै केटो खोजेर । उनले आमालाई आफ्नो लागि केटा खोज्न समेत भनेकी छिन् । साथै कटरिनाले अब फिल्म लाइनका कोहीपनि पुरुषसँग आवश्यकता भन्दा बढि नजिक नहुने प्रण समेत गरेको बुझिएको छ । हेरौँ अब कटरिना आफ्नो प्रतिज्ञामा कतिसम्म अडिग रहनेहुन् । हाम्रो त शुभकामना नै छ की कटरिनाकी आमाले छिटै उनका लागि राजकुमार भेट्टाइहालुन् ।

by;onlinekhabar.com

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको