आखिर किन बोलयो त प्रचन्डलाई भारतले?
सेनापति प्रकरणपछि पटक पटक दिल्ली दर्शनमा जाने चाहना देखाएपनि भारतको बेवास्ताका कारण पुरा हुन नसको प्रचण्डको दिल्ली यात्रा आगामी साता सुरु हुने भएको छ ।लामो समयदेखि माओवादी र भारतको राजनीतिक नेतृत्वबीच रहेको सम्बादहीनता अन्त्य गर्न भारतकै पहलमा प्रचण्डको भ्रमण हुन लागेको स्रोतको भनाई छ । एक औपचारिक कार्यक्रमको बहानामा एमाले र कांग्रेसका नेतासमेत बोलाइए पनि मुख्य उदेश्य प्रचण्डसँगको वार्ता नै भएको स्रोतको दावी छ ।

तर प्रचण्डले भने शासकीय स्वरुप र संविधानका केहीअन्तरबस्तुमा समेत भारतीय नेतृत्वको प्रतिबद्धता खोज्नेछन् । मिश्रति शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको स्थान आफुलाई सुरक्षित गर्नेगरि अन्य दललाई मनाउनु पर्ने उनको माग रहने छ । पछिल्लो दिनमा सहमति जुटिसकेको अबस्थामा भारतीय असहमतिकै कारण नेपाली कांग्रेस मिश्रति शासकीय स्वरुपबाट पछि हटेको प्रचण्डको बुझाई छ ।
सेनापति प्रकरण र त्यसलगत्तै पनि प्रचण्डले भारतको राजनीतिक नेतृत्वसंग सिधा सम्बाद गर्ने प्रयत्न गरेका थिए । तर, भारतीय राजनीतिक नेतृत्वले त्यति वास्ता नगरि माओवादीलाई पेल्ने नीति लिएपछि प्रचण्डले सडकबाटै भारतीय नेतृत्वसमक्ष वार्ता गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डले करिव तीन बर्षसम्म नेपालस्थित भारतीय दूतावास र जासुसी निकायसँग मात्र सम्बाद गरेका थिए । प्रचण्ड जनबिद्रोहको लाइन छाडेर शान्ति र संबिधानको लाइनमा आएपछि माओवादी र भारतबीचको सम्बन्ध सुधार सुरु भएको थियो ।
By;ekantipur.com
By;ekantipur.com
0 comments