हामी गर्मीमा पातलो कपडा लगाउँछौँ‚ जाडोमा न्यानो कपडा लगाउँछौँ । रातमा सुत्दछौँ भने दिनमा जागा रहन्छौँ । बिहान उठेर ट्वाइलेट जान्छौँ‚ स्नान गर्छौँ‚ दाँत माझ्छौँ । पानी परेको बेलामा छाता ऒढ्छौँ । सही मौसममा रोपेको बीजबाट नै समय आएपछि पूर्ण अवस्थामा आउनसक्छ । धान रोप्ने मौसममा धान नै रोप्नु पर्दछ‚ आलु रोप्ने मौसममा आलु नै रोप्नु पर्दछ‚ गहुँ छर्ने समयमा गहुँ नै अनि मकै छर्ने समयमा मकै छर्नु पर्दछ ।
सही समयमा छरिएको बीजले नै अपेक्षाकृत उत्पादन दिन सक्दछ । अनि जस्तो बीज रोप्यो त्यही अनुसार फल्ने हो‚ आँप रोपेर बयर फल्दैन‚ बीष रोपेर अमृत फल्दैन ।कुनै कार्यका लागि कुनै समय उपयुक्त शुभ रहन्छ भने अर्को कार्यकालागि अर्कै समय उपयुक्त रहन्छ । सही समयमा सही कार्य गर्नाले नै त्यसको नतीजा राम्रो अउने हो । जस्तो नतीजाको अपेक्षा आफूलाई छ त्यस्तै समयमा कार्य शुभारम्भ गर्नाले सफलतामा सन्देह रहँदैन । ब्रम्हाण्डमा रहेका ग्रह‚ नक्षत्रहरु कस्तो रुपमा छन् त्यसको प्रभाव मानवमा मात्र होइन सम्पूर्ण जगत्मा पर्दछ । कुनै समयमा कुनै ग्रहहरु बलबान् रहन्छन् भने कुनै समयमा कुनै । यसैको अधारमा पनि हाम्रा पूर्वजहरुले ग्रहहरुको प्रभावको आधारमा बारहरुको नामाकरण गरिदिएका छन्‚ विभिन्न चाडपर्वहरुको तिथि तोकिदिएका छन् । विवाह‚ व्रतवन्ध‚ पूजा–पाठ–यज्ञादि गर्दा‚ घर सर्दा‚ कुनै नयाँ कार्यको थालनी गर्दा‚ लामो यात्रामा निस्कदाँ आदि विभिन्न कार्यहरु गर्दा विभन्न ज्योतिषीहरुसँग शुभ साइत हेराउने चलन यद्यपि हाम्रो समाजमा चलेकै छ ।
हाम्रा पूर्वजहरुले गर्भाधारण गर्नाका लागि विभिन्न समयहरु निर्धारण गरिदिएका छन्‚ गर्भाधारणको विधि निर्धारण गरिदिएका छन् । गर्भाधारणलाई सोह्र संस्काछर अन्तर्गत महत्वपूर्ण स्थानमा राखेका छन्‚ यसको बारेमा व्याख्या र विश्लेषण गरेका छन् । कस्तो समयमा गर्भाधारण गर्दा उच्च संस्कारका आत्माहरुले गर्भमा प्रवेश पाउँछन्‚ कस्तो समयमा नीचसंस्कारका आत्माहरुले प्रवेश पाउँछन् भनी तोकिदिएका छन् ।गर्भाधारणको लागि बिहान‚ दिउँसो र साँझको समय प्रतिकुल रहन्छ भनिएको छ । साँझको समयमा गर्भाधारण गर्दा नै हिरण्यकश्यपु‚ हिरण्याक्ष जस्ता असुरहरु जन्मिएका हुन् । यस्तै एकादशी‚ पूर्णिमा‚ जन्माष्टमी‚ रामनवमी‚ शिवरात्रि आदि चाडपर्वहरु; विवाहोत्सव‚ जन्मोत्सव लगायतका उत्सवहरु; व्रत बसेको दिन आदि समयहरु गर्भधारणको लागि निषिद्ध अर्थात् अशुभ रहन्छ भनिएको छ । यसैगरि बिरामी अवस्था‚ आलस्य‚ चिन्ता‚ भय‚ रीस तथा आवेशग्रस्त समय‚ मानसिक अस्वस्थताको समयमा पनि गर्भधारण गर्न नहुने कुरा उल्लेख छ । माथि उल्लेखित निषिद्ध समय बाहेकका अन्य शुभ समयहरुमा (सम्भव भएमा ज्योतिष विद्याबाट शुभ साइत हेरेर) रात्रीको शुभ समय गर्भ धारणको लागि अनुकुल रहेको कुरा उल्लेख छ । उक्त दिनमा हल्का र सात्विक आहार ग्रहण गर्दा उपुक्त हुन्छ । गर्भधारणको समयमा पति पत्नीमा जुन विचार र भावना रहेको हुन्छ त्यसको प्रभाव सन्तानमा पर्दछ । उच्च संस्कारको सन्तानको कामना गर्नेहरुले उच्च संस्कारका आत्मालाई आवाहन गरि गर्भ धारण गर्दछन् ।गर्भाधारणको समयको जति महत्व छ त्यति नै महत्व यस पछिको गर्भवती अवस्थाको हुने गर्दछ । समय समयमा स्वास्थ्य परीक्षण गराइरहनु पर्दछ । यस समयमा आमाको खानपान‚ बोलीबचन‚ व्यवहार‚ विचार चिन्तन आदिको प्रत्यक्ष प्रभाव सन्तानमा पर्दछ । गर्भवतीको आँखा धेरै पुग्ने स्थानहरुमा जस्तै– शयन कक्ष आदिमा राम्रा तस्वीरहरु राख्नुपर्दछ । पति–पत्नीको सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनुपर्दछ । गर्भवतीले यस अवधिमा माछा‚ मासु‚ रक्सी‚ चुरोट आदि तामसिक खानेकुराहरु खानु हुँदैन । टेलिभिजनमा नराम्रा दृष्यहरु हेर्ने‚ फिल्म हेर्ने‚ अश्लील साहित्य पत्र पत्रिकापढ्ने‚ गीत सुन्ने आदि गर्न हुँदैन । यस अवधिमा मैथुन गर्नु पनि राम्रो होइन भनिएको छ। विशेषत: ३ महिना २८ दिन पछि शिशुको चेतना विकास हुने हुँदा यस पछिका समयमा अझ सतर्कता अपनाउनु पर्छ। गर्भवतीले सत्संग गर्ने‚ अध्यात्मिक प्रवचन सुन्ने‚ धार्मिक पत्र पत्रिका पुस्तक पढ्ने‚ स्वस्थ मनोरञ्जन दिने पत्र पत्रिका अध्ययन गर्ने‚ सुमधुर भजन तथा संगीत सुन्ने आदि गर्नु पर्दछ । रात्रिमा धेरै अबेरसम्म नबस्ने‚ बिहान ब्रम्हमुहुर्तमा नै उठ्ने अनि स्नानादि पश्चात जप‚ तप‚ ध्यान‚ उपयुक्त योगासन‚ प्राणायाम‚ स्तुति स्तोत्र पाठ‚ सुमधुर संगीत सुन्ने आदि गर्नु राम्रो हुन्छ । सुन्दर(गोरो) छालाका सन्तानको इच्छा गर्नेहरुले गर्भावस्थामा दही‚ खीर आदि प्रशस्त खाने गर्दछन् । पारिवारिक सहयोगको यस समयमा महत्वपूर्ण भूमिका रहन्छ । गर्भवतीलाई सुरक्षीत रुपमा प्रसवको वातारवरण प्रदान गर्नु पर्दछ । सन्तानको जन्म पश्चात उसलाई राम्रो संस्कारमा हुर्काउनु आमा बाबु तथा परिवारको महत्वपूर्ण दायित्व हो
by;google.com
0 comments