Number of people dying due to cold has reached 12 in Siraha district.
Of them, one is a child, six elderly women and five elderly men.
Locals said six persons including a minor died at Itariprasahi VDC in Siraha district in the last six days due to the sudden fall in mercury.
Mostly, dalit children and elderly persons lost their lives in the VDC due to cold as they could not manage warm clothes, said Sumitra Mandal, a teacher.
Similarly, one elderly man and two elderly women died in Sakhipur VDC due to excessive cold, said VDC Secretary, Drabeshwor Das.
Likewise, two people lost their lives in Jamdaha VDC and one in Tergena Govindapur VDC due to cold.
Transport services, the market, factories and educational institutions in the district have been affected due to dense fog and cold wind.
According to the District Agricultural Development Office, blight disease has been seen in potato crop and leaves of mustard and bean plant are drying due to the cold wave.
Number of patients suffering from various cold-related illnesses visiting health institutions in the district has gone up.
Mostly, children and elderly persons have been affected by the cold.
ekantipur.com

दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी २३ वर्षीया छात्राको शनिबार बिहान सिंगापुरको अस्पतालमा निधन भएको छ । उनलाई थप उपचारका लागि दिल्लीबाट बिहीबार सिंगापुरको माउन्ट एलिजावेथ अस्पताल पुर्याइएको थियो ।
१३ दिन अगाडि बलात्कृत छात्राका विभिन्न अंगहरुले काम गर्न छाडेपछि स्थानीय समय अनुसार बिहान ४ बजेर ४५ मिनेटमा उनको निधन भएको जनाइएको छ । बलात्कारको घट्ना लगतै दिल्ली सहित पूरा भारतमा विरोध प्रदर्शन भइरहेकोमा उनको निधनले थप प्रदर्शन हुनसक्ने भएकाले दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । १० वटा मेट्रो स्टेशन बन्द गरिएको छ ।
प्रधानमन्त्री मनमोहन सिंहले बलात्कृत छात्राको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सबैलाई संयम अपनाउन अनुरोध गर्दै उनको निधनलाई बेकार नजान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बलिउडका नम्बर एक अभिनेता सलमान खानले आज बिहिबार आफ्नो ४७ औँ जन्मदिन मनाएका छन् । सन् १९६५ को डिसेम्बर २७ मा मध्यप्रदेशको इन्दोरमा जन्मिएका सलमानलाई जन्मदिनको उपलक्ष्यमा बलिउड सहकर्मी तथा लाखौँ फ्यानहरुले शुभकामना दिएका छन् । सलमानलाई जन्मदिनको बधाइ दिन उनको घरमा गन्यमान्य सेलिब्रेटी पुगे छन् भने उनको घर बाहिर शुभेक्षुकको ठूलै घुइँचो लाग्यो ।सन् १९८८ मा फिल्म बीवी हो तो ऐसी बाट बलिउडमा डेब्यू गरेका सलमानले अहिलेसम्म ८० भन्दा बढि बलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।सलमान खानलाई जन्मदिनको शुभकामना दिँदै निर्माता करन जोहरले टि्वटेका छन्, जन्मदिनको शुभकामना…….आर्शिवादयुक्त वर्ष बनोस् । सोनाक्षी सिन्हाले पनि ह्याप्पी बर्थडे पान्डेजी भनेकी छिन् । त्यस्तै मल्लिका शेरावत तथा नेहा धुपियाहरुले पनि सलमानलाई टि्वटर मार्फत शुभकामना दिएका छन् ।यो वर्ष दुइ हिट फिल्म रिलिज भएका सलमानका लागि सन् २०१२ निकै फाप्यो । उनको फिल्म एक था टाइगरले २ अर्ब भारु भन्दा बढि कमाएर इतिहास रच्यो भने अहिले दबंग टू ले पनि राम्रै व्यापार गरिरहेको छ । त्यस्तै सलमान खानले फेसबुक अकाउण्ट खोलेको, बलिउडमा सबैभन्दा ठूला करदाता बनेको, नशा रोगबाट पीडित बनेर उपचारका लागि अमेरिका गएको जस्ता समाचारले पनि यो वर्ष निकै चर्चा पाए ।
छालाको हेरचाहः
onlinekhabar
चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।
जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ । तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त सेवन नै गर्न हुँदैन ।
आगो र हिटरको प्रयोग कमः
जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ ।
चिसो र तातोको सन्तुलनः
चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।
रुघाखोकीलाई औषधि हैनः
सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ । रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर, एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।
चीनले विश्वकै सबैभन्दा लामो तिव्र गतिको रेलमार्ग औपचारिक रुपमा सन्चालनमा ल्याएको छ ।
राजधानी बेईजिङ्गबाट दक्षिण ब्यापारिक केन्द्र ग्वान्झाउ जोड्ने रेलमार्गमा वुधवार बिहान औपचारिक रुपमा पहिलो बुलेट रेल सन्चालन गरिएको छ । ३ सय किलोमिटर प्रतिघण्टाको दरले गुड्ने रेलमा २ हजार २ सय ९८ किलोमिटर लामो मार्ग ८ घण्टामै पुगिने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । यसअघि राजधानी बेईजिङ्ग देखि ग्वान्झाउ सम्मको दूरी पार गर्न २२ घण्टा लाग्ने गरेको थियो । विश्वकै सबैभन्दा लामो भनिएको रेल मार्गमा मुख्य शहरहरु वुहान र साङ्गसा समेत गरी ३५ वटा स्टप तोकिएका छन् । चिनियाँ अधिकारीले यो रेलमार्गलाई विश्वकै सर्वाधिक उच्च प्रविधीयुक्त भनेका छन् । चीनमा तिव्र गतिको रेल सेवा सन्जाल सन् २००७ मा शुरु भएकोमा सन् २०१० को अन्त्य सम्म ८ हजार ३ सय ८५ किलोमिटर क्षेत्र यो सन्जालमा जोडिएको छ । सन् २०२० सम्म यो क्षेत्र दोब्बर बनाउने अपेक्षा गरिएको छ । तिव्र गतिको रेल सेवा दिने नाममा सुरक्षामा ध्यान नदिएको भन्दै चिनले आन्तरिक आलोचना खेप्दै आएको छ ।
भारतको मुम्बई उच्च अदालतले सूर्यास्तपछि र सूर्योदय अघि कुनै पनि महिलालाई गिरफ्तार नगर्न या हिरासतमा नराख्न प्रहरीलाई आदेश दिएको छ । सूर्यास्त पछि गैरकानूनी ढंगले गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै एक महिलाले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । अदालतले आदेश तत्काल कार्यान्वयनका लागि महाराष्ट्रका सबै प्रहरी चौकीमा निर्देशन दिन र एक हप्ता भित्र यससम्बन्धी आचार संहिता तयार गरी गर्न पनि आदेश दिएको छ ।
अदालतले आपराधिक गतिविधी संबन्धी ऐन अनिवार्य रुपमा पालन गर्न प्रहरीलाई आदेश दिएको छ, जस अनुसार कुनै पनि अपराधका लागि आरोपीत महिलालाई अत्यावश्यक मानिएको अवस्थामा बाहेक सूर्यास्त पछि या सूर्योदय अघि गिरफ्तार गर्न पाईदैन । त्यसरी गिरफ्तार गर्नुपर्नेमा न्यायिक अधिकारीको अनुमति लिनुपर्ने व्यवस्था छ ।
चितवन निकुञ्ज आसपासमा आतंक मच्चाउँदै आएको धु्रवे नामको जंगली हात्ती फेला नपरेपछि बर्दियाको प्राविधिक टोली वुधवार फर्किएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा सहितको टोली फर्किएको हो । हात्ती नियन्त्रणमा झण्डै दुई दशक अनुभव प्राप्त थापा सहितको टोली पनि परिचालन हुँदा समेत धु्रवे फेला परेको छैन । जिपीएस जडित रेडियो कलरले पाँच सय मिटरसम्म मात्र थाहा पाउन सकिने भएपनि खराब मौसमले सिग्नल नआउने, फेला परिहालेपनि धु्रवे भाग्ने र निकुञ्जको बाक्लो झाडीका कारण धु्रबे मार्ने अभियान सफल हुन नसकेको थापाले जानकारी दिनुभयो । ध्रुवे मार्नका लागि अहिले ट्यापिङ्ग र सुटर सहित झण्डै १ सय ५० जना परिचालन गरिएको छ भने १५ वटा हात्तीको सहयोग लिइएको छ । अहिले पनि निकुञ्जको चुरे क्षेत्र, वनकट्टा, सुकेभार र टाईगर टप्स क्षेत्रमा ध्रुवे रहेको आशंका गरिएको छ
अत्याधिक चिसो र हिमपातका कारण मनाङमा हवाई उडान सेवा बन्द भएको छ । हरेक बुधबार र विहीवार नेपाल बायु सेवा निगमले उडान भर्दै आएकोमा चिसो र हिमपातका कारण फागुन १ गतेसम्मका लागि उडान बन्द गरिएको मनाङको हुम्डेस्थित नेपाल बायुसेवा निगमको कार्यालयले जनाएको छ । गत बर्षायाममा हवाई उडान बन्द भएपछि कार्तिक दोश्रोसातादेखिमात्रै मनाङमा हवाई उडान सञ्चालन भएको थियो । उडान सञ्चालन भएको २ महिनामै हवाई सेवा पुनः बन्द भएपछि अन्नपूर्ण चक्रीय पदमार्गमा जाने पर्यटक, कर्मचारी साथै ब्यवसायी र स्थानीयवासिन्दा समस्यामा परेकाछन् ।
राप्रपा नेपालको रथयात्रा देशका विभिन्न भागको परिक्रमा गरि आज काठमाण्डु आइपुगेको छ । पुस २ गते जनकपुरबाट सुरु भएको रथयात्रा मकवानपुर, चितवन, लुम्बिनी, पोखरा हुँदै आज राजधानी आइपुगेको छ । अहिले राजधानीका विभिन्न ठाउँमा परिक्रमा गरिरहेको रथयात्रा औपचारिक रूपमा सकिने राप्रपा नेपालले जनाएको छ । आज राजधानीको खुलामन्चदेखि पशुपतिको वनकालीसम्म कलशयात्रा गरिने कार्यक्रम पनि रहेको छ । नेपाललाई हिन्दूराज्य घोषणा गर्नुपर्ने माग गर्दै राप्रपा नेपालले रथयात्रा सुरु गरेको हो । नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेकोप्रति राप्रपा नेपालले सुरु देखि नै आपत्ति जनाउँदै आएको छ ।
काठमाडौंको सितापाइलाका सुर्य मोहन पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको छ । रामकोटको मञ्जुश्री पोल्ट्री फर्ममा बर्ड फ्लु देखिएको दुई दिन पछि सितापाइलाका पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर नारायण घिमिरेले जानकारी दिनुभयो । दुई दिन अघि बर्ड फ्लु भेटिएको रामकोटको मञ्जुश्री पोल्ट्री फर्मसँगै रहेको सितापाइला माडोलका पोखरेलले पालेका कुखुरामा पनि बर्ड फ्लुको संक्रमण हुन सक्ने भन्दै मंगलवार नमूना परीक्षण गरिएको थियो । नमूना परीक्षण गर्दा पोखरेलको कुखुरा फर्ममा पनि बर्ड फ्लु भेटिएको पुष्टी भएको प्रवक्ता घिमिरिले जानकारी दिनुभयो । रामकोट र सितापाइला गाविस फरक भएपनि मञ्जुश्री र पोखरेलको लेयर फर्म वल्लो पल्लो रहेकाले शंकाको घरोमा राखिएको थियो । पोखरेलको लेयर फर्ममा रहेका ३ हजार मध्ये १ हजार कुखुरा मरेपछि नमूना परीक्षण गरिएको हो । बर्ड फ्लु भेटिएको पुष्टी भएकाले अहिलेनै प्राविधिक टोली खटिएर लेयर फर्ममा रहेका कुखुरा मार्ने क्रम शुरु भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर नारायण घिमिरेले जानकारी दिनुभयो ।
भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रपति डा रामबरण यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । भारतका राष्ट्रपतिको निवासमा भएको दुई मुलुकका राष्ट्रपति विचको भेटवार्ताको क्रममा राष्ट्रपति यादवले मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएको नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले जानकारी दिनुभयो । जवाफमा भारतीय राष्ट्रपतिलेसमय मिलाएर आफू नेपाल आउने जानकारी दिदै नेपाल भ्रमणमा आउन आफू उत्सुक भएको बताउनु भएको थियो । भेटवार्तामा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, निर्वाचन, नेपालको शान्ति र स्थायित्वको विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँले भारत शान्त र स्थीर नेपालको पक्षमा रहेको भन्दै सहमतिमा निर्वाचन हुनु पर्नेमा जोड दिनुभयो । जवाफमा राष्ट्रपति यादवले दलहरु सहमतिको नजिक रहेको निर्वाचनको विषयमा एक मत रहेको भन्दै छिट्टै सहमति बन्ने विश्वास ब्यक्त गर्नुभएको थियो । राष्ट्रपति यादवसँग वुधवार नै भारतीय काग्रेस आईका महामन्त्री जनार्दन द्विबेद्वीले समेत भेटवार्ता गरेर नेपालको राजनीतिक अवस्था, सहमति, निर्वाचन लगायतका विषयमा चासो राख्नुभएको छ ।
माडीका स्र्थानीयबासीले गराएको माडीको यातायात बन्द खुलेको छ । बस्तीमा प्रवेश गर्ने जंगली हात्ती नियन्त्रणका लागि माथिल्लो निकायसम्म दबाब दिने आश्वासन पाएपछि यातायात खुलाउन स्थानीयबासिन्दा सहमत भएका हुन् । शनिबार राति कल्याणपुर गाविसमा जंगली हात्तीले ५ वटा घर भत्काएपछि कल्याणपुर गाविसका ३ वटा वडाका बासिन्दा फेरी विरोधमा उत्रिएका हुन् । उनीहरुले हात्ती आतंकको विरोधमा आज भरतपुर–माडी–ठोरी सडकखण्डमा सवारी चल्न दिएका थिएनन् । आतंक मच्चाउने ध्रु्रवे हात्ती नियन्त्रणमा लिनुपर्ने, भत्किएको घरको क्षतिपुर्ती पाउनुपर्नेलगायतका माग राखेर उनीहरुले यातायात बन्द गरेका थिए । यसैबीच जंगली हात्ती धु्रवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन । निकुञ्जका प्राविधिक, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारी दिनरात खटेपनि कुनै उपलब्धि हात पार्न सकेका छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आतंंक मच्चाइरहेको जंगली हात्ती धु्रवेको नियन्त्रणमै केन्द्रित बन्न चितवन निकुञ्जलाई निर्देशन दिएको छ ।
राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिका लागि ६ बुदे लिखित धारणा सार्वजनिक गर्नु भएको छ । बिहान आफ्नै निवासमा सर्वदलीय बैठक मार्फत राष्ट्रपति यादवले सहमतिका लागि आफ्नो लिखित धारणा सार्वजनिक गर्नु भएको हो । बैठकमा आफ्नो लिखित धारणा सार्वजनिक गर्दै राष्ट्रपति यादवले आफु भारतभ्रमणबाट फर्कनु अघि सहमति गर्न आग्रह गर्नु भएको छ । पाँचौ पटक आफूले दिएको पाँच दिनको समयसीमा यही पुस ७ गते सकिए पनि दलहरुबीच राष्ट्रिय सरकार गठन बारे कुरा मिल्न नसकेपछि राष्ट्रपतिले छैठौ पटकको समय दिनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले आज दिएको पाँच दिने समयसीमा यही पुस १४ गते सकिनेछ । राष्ट्रपति यादवले बिहान विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बोलाएर राजनीतिक र संवैधानिक जटिलता लम्बिदै गएको भन्दै दलहरुले सहमति गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
६ बुदे लिखित धारणामा राष्ट्रपति यादवले मुलुकको राजनीतिक अवस्था दलहरुबीचको सहमतिको समिक्षा पनि गर्नु भएको थियो । ६ बुदे धारणामा राष्ट्रपतिले २०७० साल वैशाखभित्र नयाँ निर्वाचन गर्न आग्रह गरिएको छ । अदालतमा मुद्दा बढ्दै गएको र न्यायाधीश रित्तिदै गएको तथा निर्वाचन आयोग खाली हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले सबै समस्या समाधानका लागि सहमति आबश्यक भएको बताउनु भएको राप्रपाका अध्यक्ष पशुपति शमसेर राणाले बताउनुभयो । समस्या झन बढ्दै गएको छिटो सहमति गर्नु प¥यो राष्ट्रपतिको गम्भीर आग्रह थियो बैठक पछि नेताहरुले भनेका छन् सम्वोधनका क्रममा राष्ट्रपतिले धारा ३८(१) अनुसार सहमतीय सरकार र्निमाणको आह्वान जारी नै रहने पनि बताउनु भएको थियो । बैठकमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, सबै दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
राष्ट्रपतिसँगको छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएको र देश सहमतिमा जाने बताउनुभयो । उहाँले राष्ट्रपति भारत भ्रमणनबाट फर्किनुअघि सहमति हुने पनि दावी गर्नुभयो । बाबुराम भट्टराईले पनि यो मुलुकको ठेक्का लिन नसक्ने भएकाले सहमति गर्नुको विकल्प छैन एमाले अध्यक्ष खनालले भन्नुभयो । काङ्ग्रेसका सभापति सुशील कोइरालले सहमतिका लागि प्रयास रहेको र सहमति हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले सहमति नभए काङ्ग्रेस शान्ति पूर्ण आन्दोलनमा जाने पनि बताउनुभयो । काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुक अनिश्चयमा फस्दै गएको बताउनुभयो । चारबर्ष सम्म संविधान दिन सकेनौ, लामो समय सम्म सहमति हुन सकेन अहिले राष्ट्रपतिले पनि प्रधानमन्त्री दिन सक्नु भएको छैन पौडेलले भन्नुभयो ।
आज विश्वका अनेकौँ राष्ट्रहरूमा क्रिस्चियनहरूले धर्मको नाममा सम्राज्य स्थापना गर्दै छन् । पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौँ देशको विखण्डन र लुट मच्चाएका छन् । अहिले दक्षिणपूर्वी एसियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरू नै खनिएका छन् । सन् २०१२ को क्रिसमस आउँदै छ । यस अवस्थामा हामी नेपालबाट क्रिस्चियनहरूलाई सकारात्मक बाटो लिएर आफ्नो उद्गम अर्थात् आफूलाई जन्माउने आमालाई चिन्न अनुरोध गर्दछौँ । आक्रोशित भएर तथ्य प्राप्त हुँदैन । शिव, बुद्ध, क्राइष्टले ध्यानमग्न नभई सत् बाटो फेला पारेका होइनन् । यसको लागि क्रिस्चियनहरूले हामी को हौँ, हाम्रो उद्गम कहाँ हो भन्ने सोचेर मात्र धर्मलाई सम्मान दिन सक्नुपर्दछ । एक भारतीय विद्वान एस्.कल्याणरमण भन्छन्– हिन्दूवाद भनेको बौद्धिक जागरणको ढुकुटी हो । यसैबाट मुस्लिम र क्रिस्चियन धर्मको प्रादुर्भाव भएको हो । जिसस क्राइस्टकी आमा हिन्दू थिइन् । जिसस पनि हिन्दू संस्कारबाट उठेका हुन् । जिसस क्राइस्ट पछि उठेको टाइटल हो– ग्रीकको हिब्रु भाषाबाट बनेको । नेपालका खोजकर्ता विद्वान डा. स्वामी प्रपन्नाचार्यले वेदमा के छ भन्ने पुस्तकमा लेखेका छन्– ‘हजरत इशाको जन्म भारतको हिन्दू परिवारमा भएको हो । ल्फोरेन्समा इशाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । इशाकी आमाको मूर्ति हिन्दू रानी–महारानी जस्तो साडी–गुन्युँ लगाएको र निधारमा हिन्दूहरूले लगाउने टीका लगाएको छ । हिन्दू परिवारमा इशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वानहरूको पनि यही मत छ ।
जर्मनीको म्युनिखको चित्रघरमा जिसस क्राइस्टको सन्यासी महात्माको भेषमा निधारमा तिलक–टीका लगाएको मूर्ति छ । ल्फोरेन्सको मूर्तिमा इशाले हिन्दू ब्राह्मणको झैँ जनै धारणा गरेका छन् । रोममा पोप धर्मगुरुको भेटिकन राजमहलमा रहेको एउटा चित्रमा इशाले टाउकोमा टुप्पी र धोती लगाएको साधु भेषको मूर्ति छ । नेपालमा ६ वर्ष बसेर योगसाधना र बुद्धदर्शन सिकेकाले क्राइस्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर यसु भारततिर लागेको र पछि उनको मृत्युपछि कास्मिरमा राखिएको यसुको समाधि देख्न सकिन्छ । इशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, विहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरू छन् । नेपालमा लुम्बिनी कपिलवस्तु, आदि हेर्दै तिब्बतको दक्षिणमा पर्ने कुम्भकर्ण गौरीशंकर, माउन्ट एभरेस्टसँग साक्षात्कार गरेको कुरा भविष्य पुराणको प्रसंग सम्पादनमा संस्कृत भाषामा उल्लेख गरिएको छ ।
यसु १२,१३ वर्षको अवस्थामा ब्यापारीहरूसँग भारत आए । केही दिन राजस्थानका जैनमुनीसँग बिताए । त्यसपछि काशी, जगन्नाथपुरीमा वेदको अध्ययन गरे । भारतमा बसेर उनले योग साधनाबाट सिद्धि प्राप्त गरे । यसुले वैदिक हिन्दू सनातन धर्मबाट सिकेर प्रेम, उपकार, करुणा र दयाको शिक्षा लिएका हुन् । उनले लेखेका ग्रन्थहरूमा वेदलाई सम्मान गरेको पाइन्छ । उनी व्रम्हा, विष्णु, महेश्वर र ॐ मा विश्वास गर्थे । ॐ को अपभ्रंस ‘आमेन’ हो । यसुका पाण्डुलिपी फ्रान्सको समिट विश्वविद्यालयमा पढ्न सकिन्छ ।’ चर्चहरूमा पादरी, पास्टरहरूले जन्म मृत्यु, न्वारन, विवाहको रीति हिन्दू परम्परा जस्तै गर्छन् । इजरायलमा यहुदीहरूले राष्ट्रिय झण्डा र चिह्नमा हिन्दू भगवती सरस्वतीको षड्कोणको चिह्न राखेका छन् । सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६ मा पादरी काल्डवेलले भारतमा साम्राज्य स्थापना गर्नका लागि हतियार प्रयोग गरेर क्रिस्चियन धर्म लाध्न हिन्दू संस्कृति छिन्नभिन्न पार्ने कार्य गरेकोले क्रिस्चियन धर्मप्रति हिन्दूहरू रुष्ट बनेका हुन् ।
विश्वका धर्महरूको उद्गम कहाँबाट भएको भन्ने कुरामा केन्द्रित भएर जिसस क्राइस्ट र क्रिस्चियन धर्मको बारेमा उठ्न गएका वैचारिक मतभिन्नताको ऐतिहासिक तथ्यको आधारमा विश्लेषण गर्ने प्रयास गरियो भने धर्मभित्रका तथ्य उजागर हुन्छन् । तर, क्रिस्चियनहरूले आफ्नो उद्गम कहाँबाट भएको हो, हामी को हौँ बुझ्न चाहेका छैनन् । तर, सत्यलाई लुकाएर लुक्दैन । वैदिक हिन्दू सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । मान्छेलाई संकट परेको बेलामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य ठानिन्छ । वैदिक सनातन हिन्दू धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौँ । हामी नेपाललाई हिन्दू तथा बौद्ध राज्यको रूपमा स्थिर रहिरहेको हेर्न चाहान्छौँ, किनकि नेपाल यी दुवै धर्महरूको उद्गम हो । हिन्दू धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरू– मुस्लिम, क्रिस्चियन हुन् । नेपालका हिन्दू र बौद्धहरू अत्यन्त उदार छन् । उनीहरू चाहे क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन् ।
नेपालमा मुसलमानहरूप्रति हिन्दू र बौद्धको कुनै चित्त दुखाइ छैन । किनकि, मुसलमानहरू आफ्नो धर्म मान्छन् र हिन्दू तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौँ । तर, क्रिस्चियनहरूप्रति नेपालमा हिन्दूहरू सशंकित र आक्रोशित छन् ।
इसाई धर्म प्रचारकहरू भने आपसमा झगडा गर्ने ठूलो सानो भन्ने भेदभादको दृष्टिकोणबाट ग्रसित छन् । हिन्दूदेखि आफूहरूलाई पृथक देखाउन हिन्दूले लगाउने टीका नलगाउने, सिंदुर पोते हटाउने, पूजाआदि नगर्ने वैदिक, बौद्ध, हिन्दू आचारसंहिता जलाउने, मूर्ति भए फोड्ने कार्य गरेर क्रिस्चियन धर्मले अहिले धार्मिक आतंकवादको रूप लिएको छ । वैदिक परम्परा त्याग्ने, क्रिस्चियनहरूले लोभ लालच, राज्य शक्ति हत्याउने कुटिल दाउमा लागेर यसुको भावना विपरीत अधर्मको बाटो अपनाउँदै छन् । यो अत्यन्त घातक कुरा हो । नेपालमा केही समयदेखि अज्ञानताले इसाई मिसनको पैसामा बिकेर इसाई बन्न पुगेकाहरूले आफ्नै पहिचान माथि तिरस्कार गरिरहेका छन् । यसरी हिन्दू धर्म र संस्कृतिलाई विश्वका धेरै विद्वानहरूले ठूलो सम्मान गरेका छन् । यसरी यसुु को थिए, उनी कहाँ, कुन धर्मबाट प्रभावित थिए र क्रिस्चियन धर्मको उद्गम कहाँ हो भन्ने कुराको अध्ययन गरेर अनुसन्धानात्मक रूपले प्रस्तुत गरेको यो विचारलाई सबैपक्षबाट मनन् गर्ने कार्य गरियोस् । हामी हिन्दूहरू इजरायललाई विश्वको एक मात्र यहुदी राज्यको सम्मान गर्छौ । अत: त्यसरी नै क्रिस्चियन मिसनहरू र क्रिस्चियनले विश्वको एक मात्र पवित्र हिन्दूस्थल नेपालको सम्मान गर्ने काम गरुन् र हामी हिन्दूहरूबाट क्रिस्चियनप्रतिको नकारात्मक सोचाइमा परिवर्तन ल्याउने कार्य होस् । क्रिस्चियनहरूले आफ्नो उद्गम नबिर्सिउन् । विश्वमा शान्ति स्थापनाका लागि हामी सबैले सहअस्तित्व र सबै धर्मप्रति एकअर्काले आधार गर्नसक्ने वातावरण बनाऔँ। ‘वसुधैव: कुटुम्बकम् ।’
copy www.souryadaily.com[subuchar]

बलिउडकी नवनायिका सन्नी लियोन पहिलो बलिउड फिल्म जिस्म टू को सफलतासँगै अहिले आफ्नो दोश्रो फिल्म रागिनी एमएमएस टू को छायांकनमा व्यस्त छिन् ।लो पर्दाको फिल्म तथा आइटम नम्बरमा उनको व्यस्त सेड्युलका बीच सन्नीलाई न्यू इयर इभेन्टहरुमा समेत महंगा प्रस्ताव आएका छन् ।समाचार अनुसार सन्नी लियोनलाई अहिले भारतका विभिन्न सहरमा आयोजना हुने नयाँ वर्षका उत्सव तथा समारोहहरुमा निम्तो थाप्दा थाप्दै हैरानी छ । उनले नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएका इभेन्टका लागि विभिन्न होटेलले गरेको निम्तोलाई एक पछि अर्को गर्दै अस्विकार गरिरहेपनि दिल्लीमा आयोजना हुन लागेको एक विशेष कार्यक्रममा भने सहभागिता जनाउने भएकी छिन् ।उक्त न्यू इयर इभेन्टमा सन्नी बलिउडको केही आइटम नम्बरमा नाच्नेछिन् । उनको त्यो छोटो नाच निकै महंगो छ । अर्थात् उनले त्यहाँ कम्मर मर्काए बापत १ करोड भारु पारिश्रमिक पाउने भएकी छिन् । उनले आफ्नो उक्त पर्फमेन्सका लागि तयारी समेत सुरु गरिसकेकी बताइएको छ ।
onlinekhabar.com
बलिउड सुपरस्टार सलमान खानले सधै सामना गर्नुपर्ने प्रश्नर हो: बिहे कहिले गर्ने ? ४६ वर्षका यी हिरोसँग बलिउडका थुप्रै हिरोइनहरुको नाम जोडियो र तोडियो पनि। कैटरिना कैफसँग सम्वन्ध टुटेपछि यी हिरोको कुनै हिरोइनसँग नाम जोडिएको छैन जवकी फिल्ममा उनी अझ सक्रिय रहँदै आएका छन्।
तर यिनै हिरोले रजत शर्माको आप के अदालत कार्यक्रममा बोल्दै भने, 'मेरो विरुद्धमा अदालतमा रहेको मुद्दाको फैसला सुनाएपछि मैले बिहेबारे सोच्नेछु।'इन्डिया टिभीको लोकप्रिय कार्यक्रममा पुगेका सलमानले हरिणलाई गोली हानी हत्या गरेको मुद्दा फैसला हुन बाँकी छ। हम साथ साथ है नामक फिल्मको सुटिङको क्रममा सन् १९९९ मा उनले हरिणमाथि गोली हानेको आरोप छ भने २००२ मा उनको गाडीले किचेर एक जनाको ज्यान गएको थियो। यी दुबै मुद्दाको उनले तारिख भोगिरहेका छन्।
प्रतिबन्धित भारतीय एक हजार र पाँच सय दरको रुपैयाँसहित सिरहा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा शनिबार राति सिरहाको इनरुवा(८ बाट बी।आर। ४३( बी।२९६० नम्वरको मोटर साइकलसहित भारत बिहारको साहरसाका ३० वर्षीय विशाल यादव र २६ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिवन्धित पाँच सय र एक हजार दरका भारतीय ४ लाख ४४ हजार रुपैयाँ बरामद गरेको हो ।
उनीहरुको साथबाट एक हजार दरको एक सय थान, पाँच सय दरको ६ सय ८६ थान र एक सय दरको १४ थान गरी चार लाख ४४ हजार ४ सय नोट बरामद भएको हो । भारतीय नोटसहित उनीहरुको साथबाट एक सय ग्राम खैरो धुलो समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट मालसामान खरिद गर्ने र अन्य कामका जानेहरुले अहिले एक सयको एक सय ६० रुपैयाँ विनिमय दर भएपनि दलालहरुसँग साट्दा नेपाली बजारमा १ सय ६८ रुपैयाँसम्म लिने गरेको छ ।सिरहाको लहान, गोलबजार, मिर्चैया तथा सीमानामा जोडिएका बजारहरुमा दलालहरुले बढी मूल्यमा भारतीय रुपैयाको कारोबार गर्दै आएका छन् । भारतीय रुपैयाँ कारोवारका लागि भारतबाट त्यसरी रुपैया भित्रीएको हुन सक्ने व्यवसायीहरुको भनाइ छ ।
ekantipur.com
पाँचौ पटकको समय सीमाभित्र पनि दलहरुले सहमति गर्न नसकेपछि भावी योजनाको बारेमा राष्ट्रपति डाक्टर रामवरण यादवले अहिले दलहरुसँग छलफल गरिरहनु भएको छ । राष्ट्रपतिभवन शीतलनिवासमा केहीबेरअघि सुरु भएको बैठकमा प्रमुख तीन दललगायत मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी छन् । दलहरूले आ–आफ्ना अडान नछाडेपछि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिनुभएको पाँचौ पटकको समयसीमा पनि हिजो सकिएको छ । प्रमुख दलहरुसँगको छलफलबाट सम्भव नभएकाले राष्ट्रपतिले विघटित संविधानसभामा रहेका सबै दलहरूसँग सामुहिक छलफल गर्ने तयारी गर्नुभएको बुझिएको छ । आज बेलुकासम्म सबै दलसँग छलफल हुने राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेलले बताउनुभयो । भोलि भारत भ्रमणमा जानुअघि राष्ट्रपतिले मिलाउने हर प्रयत्न गर्नुहुनेछ ढुङ्गेलले भन्नुभयो ।
भारतको स्टार क्रिकेटर सचिन रमेश तेन्दुलकरले एक दिवसिय क्रिकेटबाट सन्यास लिएको घोषणा गुरेका छन् । मास्टर ब्लास्टरको नामले प्रचलित तेन्दुलकरले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई एक पत्र पठाएर आफू अब एक दिवसिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । सन् १९८९ मा पाकिस्तानविरुद्ध म्याच खेलेर एक दिवसिय क्रिकेटमा छिरेको उनी सन्यासको घोषण गरेपछि गत मार्च १८ तारिखका दिन बंग्लादेशमा पाकिस्तान विरुद्ध खेलेको म्याच नै उनको अन्तिम एक दिवसिय म्याच बनेको छ । जम्मा ४ सय ६३ एक दिवसिय म्याच खेलको तेन्दुलकरले ४९ शतक र ९६ अर्धशतकको मदतले एक दिवसिय म्याचमा १८ हजार ४ सय २६ रन बनाएका छन् । क्रिकेट जगतमा धेरै विश्व किर्तिमान आफ्नो नाममा कायम गर्न सफल तेन्दुलकरले यसअघि नै ट्वान्टी ट्वान्टी क्रिकेट नखेल्ने घोषणा गर्नुभएको थियो । उनी टेस्ट क्रिकेट म्याच भने खेल्ने छन् ।
काली तिमि काहा छौ भनि देउन .plz......... के मैले तिमीलाई साचो माया गर्नु हुदैनथ्यो हो? अनि किन तिमि मलाई छोडेर गकी त?के गल्ति गरेको थिए र मैले ? थाहा छ काली तिमि बिना म अहिले पानि बिनाको माछा झैँ तड्पिरहेको छु र भौतारिदै बौलाहा जस्तै कहिले काह पुग्छु कहिले काहा| तिमीलाई के थाहा तिम्रै कारणले अनि तिम्रै बिछोडमा मैले कति मान्छे को ज्यान लिन पुगे ,साना ठुला केहि नभनी मारे, पछिल्लो समय मा त तिम्रो र मेरो बिछोड भएको झोक म़ा मानीसका १ बुडाबुडी एउतै च्यान पारिदिए| यहा मेरो एस्तो हालत भैरहेको छ काली ,तिमीले पत्याउदिनौ होलि , तिम्रै लागि म़ पागलप्रेमी बनेको कुरा मान्छेहरुले पनि थाहा पाएछन,देश-विदेश का संचार मध्येमहरुले प्रमुख खबर बनाएर पागलप्रेमी धुर्बे बहुलायो भनेर फुक्दै,छाप्दै हिडेका छन्| .plz.........काली मलाई यती धेरै नतद्पाउन ............
एउटा कुरा थाहा छ तिमीलाई मैले मानिसहरु धेरै मारे भनेर तिनीहरुले मलाई मार्न कत्ति उपायेहरु अपनाई रहेकाछन रे ,तिमि जस्तै कत्ति केटीहरु मलाई फकाउन खटाइ रहेकाछन रे | तर म़ तेस्तो छैन अरुको पछि लाग्ने,........
बिर्सयौ काली तिमीले ति दिनहरु तिमि र म़ संगै पानि छ्यापाछ्याप गरि लुकामारी खेलेका ति दिन,अनि तिमि बिरामी हुदा विभिन्न रुख को जरा अनि पातहरु पिधेर तिमि लाइ खान दिदा तिमीले भनेका ति सब्द हरु ..........त्यति बेला त भन्थ्यौ त|,, धुर्बे तिमि मलाई कत्ति माया गर्छु है| मलाई सधै येसरी नै माया गरिराख है | तिमीले छाड्यौ भनेत म मर्छु होला,,,,,,, तर तिमि त ऋतु परिवर्तन भए झैँ परिवर्तन भैछौ ,......
तिमीले मलाई छाडेर काहा गयौ?आज म जिबन र मृत्यु को दोसाद मा छु , ठिकै छ काली तिमि मलाई माया गर या नगर तर म येति भन्न चाहान्छु कि तिमीलाई म आफुलाई भन्दा पनि बडी माया गर्छु ,.......
काली तिमि त कस्तो मान्छे जस्तै स्वार्थी पो भएछयौ है,तिमीले येति छिटो भुलयौ है ति रातहरु? जुन रातहरुमा हामीले माया संगै मन अनि मुटु साटेका थियौ,,,मान्छे जस्तै स्वार्थी नबन न काली तिमि?,,,,,,,,,,मानीस हरुले तिमि जस्तै जति केटीहरु पठाए पनि मेरो मन तिम्रो जसरि परिवर्तन हुने छैन|,,अब केहि दिन मै तिम्ले मलाई सम्झेर म संग आयौ भने ठिकै छ काली संगै जिबन बितौला, र भेटिनौ भने पनि ठिकै छ भट्नु पर्दैन अब | .....
काली तिमि नै थियौ मेरो पहिलो प्रेम अनि तिमि नै हुनेछौ मेरो अन्तिम प्रेम पनि, र अब केहि दिन मै येही भनि मेरो प्राण पनि तिम्रै नाम मा अर्पण गर्नेछु | तर तिमि जाहा छौ जो संग छौ राम्रो संग बस, हसिखुसी जिबन बिताउनु |र कसैको भएकी छैनौ र मसंग आयौ भने आऊ म तिमीलाई स्विकार्नेछु ,आउदिनौ भने पनि ठिकै छ आउनु पर्दैन म भन्दा राम्रो धुर्बे खोजेर जिबन काट्नु ..................ल ,,त ...........एस जन्म मा भेट भएन भने अर्को जन्म मा चै म तिम्रै भएर जन्मिनेछु.......Bye Bye .........काली ...................अलबिदा ,,,,,,,,,,,||||||||||||||||
नेपाल विद्युत प्राधिरणले लोडसेडिङ समय अझै बढाउने तयारी गरेको छ । दैनिक १२ घण्टा हुँदै गरेको लोडसेडिङ थप दुई घण्टा बढाउने तयारी भएको हो ।जलसतह घटेकाले विद्युत अपुग भएको भन्दै लोडसेडिङ बढाउने तयारी गरेको प्राधिरणका अधिकारीले बताएका छन् । अहिले अघोषितरुपमा निर्धारित तालिका अगावै विद्युत् काट्न थालिएको ती अधिकारीले बताए ।ऊर्जामन्त्रीसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले हिउँदमा १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने घोषणा गरे पनि प्राधिकरण अधिकारीहरुले १८ घण्टासम्म पुग्ने अनुमान गरेका छन् ।
ekantipur.com
युवतीसँगको सम्वन्धका कारण बारम्बार चर्चामा आइरहने नायक भुवन केसीको नाम अहिले सिनेमा क्षेत्रकै एक नायिकासाग जोडिएको छ । चलचित्र एटीएममा अभिनय गरेर विवादस्पद छवि बनाएकी नायिका जिया केसी र भुवनको प्रेम सम्वन्धले नेपाली सिनेमा बजार फेरि एक पटक तातेको छ । प्रेम र रोमान्सलाई झन पुष्टि गर्दै जिया र भुवन रातको १२ बजेसम्मसागै घुम्ने गरेको भेटिएको छ । शुक्रबार रातको साढे दश बजे नायक भुवन केसी र नायिका जिया केसी दरबारमार्गस्थित जुनकुरी दोहोरी सााझमा देखिए । यी दुई जोडी रातको १२ बजेसम्म उक्त दोहोरी साँझमा रमाएका थिए । भुवन र जिया दोहोरी साँझमा प्रवेश गरेको केही समयपछि १० जनाको टोली पनि उक्त दोहोरीमा प्रवेश गरेको थियो । भुवनलाई जियाले निक्कै माया गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनका अनुसार, भुवनको हातमा कुम राखेर बसेकी जियालाई देख्दा लाग्थ्यो उनीहरु बीचको सम्वन्ध धेरै नै उचाइमा पुगिसकेको छ । दोहोरी गीत गाउनेले पनि भुवन र जियाको विषयलाई मजैले भाकामा उचाले । दोहोरी गाउने महिला पात्रले भुवनलाई श्रीमान् बनाउने इच्छा राखिन् । तर, पुरुषले भुवनले जिया पाइसकेकाले तिम्रो ठाउा छैन भन्दै प्रत्युत्तर दिए । भुवन र जिया दोहोरी सुन्दै रमाएका थिए । रातको १२ बजे दोहोरी साँझ बन्द भएसँगै उनीहरु त्यहाँबाट निस्किएका थिए ।
onlinekhabar.com
प्रायः प्रेम कथामा आधारित नेपाली चलचित्र हेरिरहेका दर्शकले आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र 'रुद्राक्ष' बाट नयाँ स्वाद पाउनेछन्। ने पाल नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले निमाण गरेको यो चलचित्र सस्पेन्स, थ्रिलर तथा एक्सन प्रधान छ। हिन्दू संस्कृतिमा अत्यन्त महत्व राख्ने रुद्राक्षको शक्ति कतिसम्म सशक्त हुनसक्छ भन्ने कथामा आधारित यो चलचित्रमा राते काईंलाका रूपमा लोकप्रिय सुनील थापा केन्द्रीय भूमिकामा छन्। चलचित्रका निर्देशक गोकुल राईले थापालाई हिन्दी चलचित्र
'अग्निपथ' का खलनायक सञ्जय दत्तको जस्तै गेटअपमा प्रस्तुत गरेका छन्। दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थापाले 'रुद्राक्ष' पहिलो पटक सबैभन्दा डरलाग्दो गेटअपमा प्रस्तुत भएको बताएका छन्। देशव्यापी प्रदर्शन हुने यो चलचित्रमार्फत नायक रोहित कुमारले डेब्यु गरेका छन्। चलचित्रमा रोहितसँगै अनु शाह, जिया केसी, रमेश इङनाम, सुनील थापा, दिनेश पाखि्रन, मोहन निरौला, उदय सुब्बा, मोनिका दाहाल आदि कलाकारले अभिनय गरेका छन्। चलचित्र प्रदर्शन हुनुअघि जारी गरिएका प्रोमो तथा पोस्टरहरूले एक प्रकारको कौतूहलता जगाएको छ।
चलचित्रमा विकास चौधरीको संगीत निर्देशन छ भने गीतहरू शंकर अधिकारी घायलले रचना गरेका छन्। केशवकुमार अधिकारीले छायांकन गरेको यो चलचित्रमा दिनेश पाखि्रनको नृत्य निर्देशन छ। देशभरिका करिब ६० वटा सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको पटकथा-संवाद प्रकाश पुरीले तयार पारेका हुन्। चलचित्रमा तीन वटा गीत छन् जसमा शिव परियार, दीपक लिम्बू, सन्तोष लामा, माण्डवी त्रिपाठी तथा ऋतु लामाको पाश्र्व गायन छ।