आफू सरकारमा नरहेको घोषणा "सिटौला "
उपप्रधान एवं रक्षामन्त्री कृष्णप्रसाद
सिटौलाले आफू सरकारमा नरहेको घोषणा गर्नु भएको छ । संविधानसभाको म्याद
थप्ने सरकारी प्रस्तावको चर्को विरोध भएपछि कांग्रेस महामन्त्री समेत रहेका
सिटौलाले आफू सरकारमा बस्नुको औचित्य नरहेको बताउनु भएको छ ।
पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति
चलिरहेका बेला बाहिरिएका सिटौलाले भन्नुभयो-’आजदेखि म क्याविनेटमा छैन ।
पार्टी सरकारमा बस्ने या बासिरिने जे निर्णय गर्छ-गर्छ तर, म सरकारमा
बस्नुको औचित्य छैन ।’ संविधानसभाको म्याद थप्ने निर्णय गर्नु गल्ती भएको
भन्दै उहाँले सरकारमा रहेकाले विरोध गर्न नसकेको बताउनु भयो ।
0 comments