'द लास्ट किस' १२ गते देखि रिलिज हुने
बन्दको अन्यौलमा परि फिल्म रिलिज पोष्टपोण्ड भईरहेको अवस्थामा 'द लास्ट
किस' भने आफ्नै घोषित मितीमा रिलिज हुने भएको छ । १२ गते रिलिज डेट तोकिएको
सो फिल्म बन्द भए पनि सोही दिन रिलिज हुने निर्देशक बिबि फुँयालले
फिल्मीखबरलाई जानकारी दिए ।

रिलिज पूर्व नै सार्वजनिक प्रोमोले बिबाद सँगै चर्चा पाएको द लास्ट किस
सामाजिक नारि प्रधान फिल्म भएको बताईएको छ । सेन्सर बोर्डको केहि झमेला
पश्चात केहि सिनमा कैंची लगाईएको सो फिल्ममा पुस्करजंग थापा, शोभीता
सिम्खडा र सुरेश चौधरीको मुख्य अभिनय रहेको छ । फिल्मलाई युबराज खत्रीले
निर्माण गरेका हुन् ।
0 comments