डिएक्सएन प्रमुख कै नक्कली सर्टिफिकेट!

सर्वोच्च अदालतको निर्णयबाट सबै प्रकारका नेटवर्क मार्केटिङ कम्पनी खारेज भएपछि त्यसका सञ्चालक त्यसलाई पुनः सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै राजनीतिक दौडाहामा लागेका छन् । यसक्रममा पछिल्लो पटक न्यू विवेक इन्टरप्राइजेज (डीएक्सएन नेपाल) का प्रतिनीधि र डीएक्सएनका संस्थापक लिम सियो जीनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई  भेटेका छन् ।

डीएक्सएन नेपालका सञ्चालक भिमसेन गुरुङ र डीएक्सएनका संस्थापक/प्रमुख जीनले यहि जेठ ३ गते प्रधानमन्त्री भट्टराईलाई भेटेका हुन् । उनीहरूले प्रधानमन्त्री भट्टराईसूग खिचेको सामुहिक फोटो सुनिलकुमार जोशीनामक व्यक्तिले फेसबुकमा राखेका छन् । 'नेपालमा भावी साझेदारीबारे प्रधानमन्त्री बाबुराम भट्टराईसूग भएको बैठक,' फेसबुकमा लेखिएको छ ।

भेटघाटबारे प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवले प्रतिक्रिया दिएनन् । 'म काठमाडौं बाहिर छु,' उनले भने, 'भोली -बिहीबार) काठमाडौं आएपछि केही भन्न सकिएला ।' डिएक्सएन सञ्चालकले भने प्रधानमन्त्री भट्टराईले नेटवर्क मार्केटिङ ब्यबसाय खुल्ला गरिदिने जवाफ दिएको भन्दै आफ्ना सदस्यहरूलाई हतास नहुन आग्रह गरिरहेका छन् । 'डीएक्सएनका प्रमुखले सम्झाएपछि प्रधानमन्त्रीले नेटवर्क मार्केटिङ खुला गरिदिने भन्नुभएको छ,' एकजना डाइमन्ड लिडरले भने, 'हामी ढुक्क छौं ।' 

यसअघि हर्बो इन्टरनेशलनका प्रतिनीधिले नेटवर्क मार्केटिङ ब्यबसाय कानून बनाएर ब्यबस्थित गर्न माग गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । हाल हर्बोसहित अधिकांश नेटवर्क मार्केटिङ ब्यबसायका सञ्चालक नेपाल बाहिर छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजिरहेको छ । सर्बोच्चको गत चैत १५ गतेको फैसलाबाट सबै प्रकारका नेटवर्क मार्केटिङ ब्यबसाय अवैध भएका हुन् ।    

प्रधानमन्त्री भट्टराईले भटेका जीन नक्कली विश्वविद्यालयको सर्टिफिकेट लिएका व्यक्ति हुन् । डीएक्सएन युएसएनामक वेवासाइटमा जीनले द ओपन इन्टरनेशनल युनिभर्सिटी अफ अल्टरनेटिभ मेडिसिन्स नामक विश्वविद्यालयबाट 'सिनियर भिजिटिङ प्रोफेसर' उपाधि पाएका छन् ।
डीएक्सएन गानोडर्मा ब्लगस्पटमा जीनले इन्डियन बोर्ड अफ अल्टरनेटिभ मेडिसिनबाट पीएचडी गरेको उल्लेख छ । यो युनिभर्सिटीको सन् १९९७ को सम्मेलन द ओपन इन्टरनेशनल युनिभर्सिटि अफ श्रीलंकाले आयोजना गरिदिएको थियो ।

मेडिसिना अल्टरनेटिभाका नामले समेत चिनिने द ओपन इन्टरनेशनल युनिभर्सिटी अफ श्रीलंकालाई द ओपन इन्टरनेशनल युनिभर्सिटी अफ अल्टरनेटिभ मेडिसिन्स पनि भनिन्छ । श्रीलंकाको कोलोम्बोमा रहेको भनिएको उक्त विश्वविद्यालय नक्कली हो ।
भारतको साउथ गुजरात युनिभर्सिटीलाई श्रीलंकाली विश्वविद्यालय अनुदान आयोगले स्् १९९८ मा उक्त विश्वविद्यालय 'दर्ता नभएको' र 'उच्च शिक्षाको सर्टिफिकेट जारी गर्न आधिकारिक नभएको' जनाएको सोही साल १६ मार्चमा प्रकाशित एक्स्प्रेस इन्डियामा उल्लेख छ ।

श्रीलंकामा मान्यताप्राप्त विश्वविद्यायको नाम त्यहँूको विश्वविद्याय अनुदान आयोगले आप््नो वेवसाइटमा प्रकाशित गर्छ । त्यसमा यो विश्वविद्यालयको नाम छैन । श्रीलंकामा एशोसियसन अफ कमन वेल्थ युनिभर्सिटी र इन्टरनेशनल एशोसियसन अफ युनिभर्सिटीजमा आवद्ध विश्वविद्यायललाई मान्यता छ । तर, यो विश्वविद्यालयको नाम यी दुवै संस्थामा आवद्ध विश्वविद्यालयको सूचीमा छैन । त्यस्तै, इन्डियन बोर्ड अफ अल्टरनेटिभ मेडिसिनको नाम पनि भारतीय विश्वविद्यालय अनुदान आयोगको सूचीमा छैन ।

भारतको उत्तरखण्डका तत्कालीन मुख्यमन्त्री रमेश पोखि्रयाल निशांकले यहि विश्वविद्यालयबाट दुईवटा 'अनरेरी डिग्री' लिएको खुलेपछि उनी विवादमा तानिएका थिए । भारतको एक दैनिक मेल टुडेका अनुसार, उनले उक्त नक्कली विश्वविद्यालयबाट डक्टर अफ लिटरेचर र डक्टर अफ साइन्सको डिग्री लिएका थिए । भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्टि्रयल रिसर्चले पनि द ओपन इन्टरनेशनल युनिभर्सिटी फर कम्प्िलमेन्टरी मेडिसिनको सर्टिफिकेटलाई मान्यता नदिन सर्कुलर जारी गरेको छ ।    

कम्तिमा २१ देशमा शाखा कार्यालय रहेको डिएक्सएनको नेपाल शाखा डिएक्सएन नेपाल हर्बोपछि सबैभन्दा बढी सदस्य भएको नेटवर्क मार्केटिङ कम्पनी हो । अन्य देशमा 'डाइरेक्ट सेलिङ' गर्ने यो कम्पनीले नेपालमा पिरामिड शैलीमा ब्यापार गर्छ । नेटवर्क मार्केटिङमा सरकारले प्रतिबन्ध लगाएकाले नेपालमा डिएक्सएन गैरकानूनी हो । यसले बेच्ने सामानमा अधिकतम खुद्रा बिक्री मुल्यसमेत उल्लेख गरिएको छैन । कानूनअनुसार हरेक सामानको अधिकतम खुद्रा मुल्य उल्लेख गर्नु अनिवार्य छ ।    

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको