तत्काल राजीनामा नदिने

प्रधानमन्त्रीले राजीनामा नदिए आजै सरकारबाट बाहिरिने कांग्रेस एमालेले चेतावनी दिइरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा नदिने बताउनुभएको छ ।
‘प्रधानमन्त्रीले राजीनामा गर्न लागेको हल्ला भइरहेको छ, यो सरासर गलत हो’ भट्टराईका स्वकीय सचिव फणिन्द्र देवकोटाले भन्नुभयो-’राजीनामा समस्याको समाधान हैन, मुलुकलाई भद्रगोल अबस्थामा छाडेर उहाँले राजीनामा गर्नुहुन्न ।’
संबिधान निर्माण पुरा भएपछि मात्र राजीनामा दिने पाँच बुँदे सहमतिको मर्म रहेको भन्दै देवकोटाले भन्नुभयो- संबिधान निर्माण भएपछिमात्र उहाले राजीनामा दिनुहुन्छ ।’
तर नेपाली कांग्रेस र एमालेले भने भट्टराईले राजीनामा नदिए दुवै दल एकैचोटी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सिंहदरबारमा भएको चार दलको वैठकमा पनि प्रधानमन्त्रीले आफुले राजीनामा नदिने बताउनुभएको वैठकमा सहभागी नेताहरुले जनाएका छन् ।
मधेसी मोर्चाले समेत संबिधान नबन्दासम्म कुनैपनि हालतमा सरकार ढल्न नदिने अडान वैठकमा राखेको छ । माओवादी र मधेसी मोर्चामात्र सहभागी हुँदा पनि सरकारसँग बहुमत पुग्ने भएकाले प्रधानमन्त्री राजीनामा नदिने मुडमा रहेको बताइएको छ ।
कांग्रेस र एमालेले सरकारबाट बाहिरिने चेतावनी दिएपनि संबिधानसभाको म्याद थप गर्ने प्रस्तावको बिपक्षमा मतदान गर्ने भनेका छै्रनन् ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको