माओवादीको स्थायी कमिटीको बैठक बसिरहेको छ

संविधान सभाको म्याद थपको प्रस्तावका विषयमा भएको विरोध पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी कमिटीको बैठक जारी रहेको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा एमालेले उठाएको संबिधान सभाको म्याद थप्ने बिषयमा प्रधानमन्त्रीको राजिनामा र कांग्रेसले जेठ १४ भित्रै सहमति गरी संबिधान जारी गर्नका लागि लिएको अडानका बारेमा छलफल भईरहेकेा बुझिएको छ ।
बैठकमा पार्टीकै बैद्य पक्षिय नेताहरुलेसंविधान सभाको म्याद थपका विषयमा गरेको विरोधका बारेमा पनि छलफल भईरहेको बताईएको छ ।
यद्यपी बैठकमा बैद्यपक्षिय नेताहरुको भने सहभागिता रहेको छैन् । बैठकका बारेमा आफुहरुलाई कुनै जानकारी नभएको माओवादी सचिव सिपी गजुरेलले जानकारी दिनुभयो ।
उहाँले जेठ १४ मै जसरी भएपनि संविधान जारी गर्नुपर्ने दाबी पनि गर्नुभयो ।
माओबादी नेतृत्वको सरकारले संसदमा संविधानको म्याद थपको प्रस्ताब पेश गरेपछि सत्तारुढ दलहरु कांग्रेस र एमाले सहित माओबादीकै बैद्य पक्षले उक्त प्रस्तावको विरोध गदैआएका छन् ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको