६६ लाख ८६ हजार जरिवाना र एक वर्ष कैद हुने फैसला
वैदेशिक हुलाकका पूर्वनायब सुब्बा केशवराज गौतमलाई सर्वोच्च अदालतले
भ्रष्टाचारी ठहर गर्दर्ै ६६ लाख ८६ हजार जरिवाना र एक वर्ष कैद हुने फैसला
गरेको छ ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र कमलनारायण दासको संयुक्त इजलासले गरेको फैसलामा गौतमले गैरकानुनी रूपमा आर्जन गरेको बिगो ६६ लाख ८६ हजार २ सय ३६ रुपैयाँ २८ पैसा बराबर र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने उल्लेख छ ।
यसअघि २०६२ फागुन ११ मा विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी सदस्यहरू न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले गौतमले ५१ लाख ७२ हजार १६ रुपैयाँ ७९ पैसा बराबरको चलअचल सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको भन्दै बिगोबमोजिम त्यति नै रकम जरिवाना र एक वर्ष कैद गर्ने फैसला गरेको थियो ।
सर्वोच्चको फैसलामा गौतमको लकरबाट बरामद भएका चोकोफोन आकारका २२ टुक्रा सुन र सुनका असर्फी थान ८ को प्रकृति हेर्दा गरगहनाको रूपमा प्रयोग हुने अवस्थामा नरहेको र उनको नाममा विभिन्न बैंकमा उल्लेख्य नगद मौज्दातसमेत रहेकाले उक्त सुन कानुनबमोजिमको आयबाट खरिद गरेको भनी मान्न मिल्ने अवस्था देखिँदैन भनिएको छ ।
गौतमले २०५५ मा भन्सार विभागमा पेस गरेको सम्पत्ति विवरणमा लकरमा रहेको उपरोक्त परिमाणको सुनबारे उल्लेख गरेका थिएनन् । त्यसलाई कारण मान्दै सर्वोच्चले ३४ लाख ३९ हजार ८ सय ८७ रुपैयाँ बराबरका सुनका टुक्रा तथा असर्फी स्रोत पुष्टि नभएको सम्पत्ति ठहर गरेको छ ।
त्यस्तै गौतमले २०३९ साउन १५ मा १ लाख ५० हजारमा भक्तपुरस्थित ठिमीको कि.नं. ९७८ को हाल कि.नं. १६३१, १६३२ को ८ रोपनी ४ आना १ फैसा जग्गा खरिद गरेको स्रोत कतैबाट पुष्टि हुने नदेखिएको पनि फैसलामा छ ।

0 comments