"आफ्नो मान्छे आफ्नै हुदो रहेछ "


          दश महिना बोलचाल बन्द भएपछी असहय भएर छवि ओझाले मिडियामा पत्नी रेखा थापा प्रतिको असन्तुष्टी पोख्दै हिडे । यति सम्मकी रेखा र छविले अति सस्तो तरिकाले मिडियामा एक अर्का प्रति आरोप पनि लगाए । आफ्नो तर्फबाट सम्बन्धमा पूर्णविराम लागिसकेको बताउने छविले मंगलबार साँझ भने रेखासंग डिनर गर्न समेत भ्याए ।
मंगलबार अपरान्ह फैलिएको एउटा झुटो समाचार छवि रेखा डिभोर्स भन्ने खबरले समग्र इन्डष्ट्री तातेको थियो तर सो खबर फैलिएको केही समय पश्चात सञ्चारकर्मी प्रकाश सुवेदी र कलाकार ध्रुव न्यौपानेको साथमा रेखा पुरानो बानेश्वर स्थित छविको कार्यालय नमस्ते नेपाल पुगेकी थिईन् । दिउँसो जति पनि समाचार सार्वजनिक भए त्यसको ठिक विपरित रेखा छविको सम्बन्धका नयाँ श्रृङखला नमस्ते नेपालको भोगटेको रूख मुनि फिल्मीखबरले प्रत्यक्ष देख्ने मौका पनि पायो । भोगटेको रूख मुनि रेखा हर्षित मुद्रामा प्लास्टिको कुर्सीमा बसेकी थिईन् । उनको सामुन्ने सञ्चारकर्मी सुवेदी, भुईमा कलाकार न्यौपाने र डिभोर्सको खबर हैन भन्ने पुष्टी गर्न मिडियाबाट आएका विभिन्न प्रश्नलाई छटपटिदै फोनमा यता उता गरेर बोल्दै थिए छवि ओझा ।
 
'दश महिना देखि हामी बोलेका थिएनौं तर आजबाट बार्ताको ढोका खुल्यो', आफ्नै श्रीमतीसंग ब्यापारिक शैलीमा फोन राख्दै छविले फिल्मीखबरलाई भने । सोही समयमा उनको मोबाईलमा केही मिडियाबाट फोन आउथ्यो डिभोर्सको सम्बन्धमा सोधपुछ गर्न तर छवि आफैले आफ्नो फोन रेखाको कान सम्म पुर्‍याईदिन्थे र डिभोर्स नभएको भनी खण्डन  दुवैले गर्थे । सोही समयमा केही मिडिया पर्सनहरूको पनि ईन्ट्री हुन्छ र दुवै जनालाई छुट्टा छुट्टै गरी ईन्टरभ्यू लिन मिडया आतुर हुन्छ । र, यी सव कुरा देख्दा फिल्मीखबर अलमलमा  पनि पर्यो ।

नयाँ जस्तो हुन्न रैछ फाटेपछी टालेको मन भन्ने श्रीमान फिल्मको गित जस्तै रेखा सम्बन्ध सुधार्ने प्रयासमा निकै हर्षित थिईन् । जुन हर्ष विगत दश महिना देखि फिल्मीखबरले पनि उनको अनुहारमा देखेको थिएन । तर छवि ओझाको हकमा गितले भने झै हरेक मिनेटमा उनको अनुहारको रङ्ग बदलिरहन्थ्यो । करिब एक घण्टा उनीहरूले सो कार्यालयमा  बसेर मिडियालाई सम्बन्ध नविग्रिएको भन्न भ्याए । यति सम्मकी दश महिना पछी रेखाले छविको कुर्सीमा बसेर ईन्टरभ्यू दिएकी थिईन् । छविले रेखालाई अंगालो हालेर फोटो खिचाउन पनि पछि परेनन् ।

'सम्बन्ध कतातिर जाने भन्ने कुरामा ५०–५० प्रतिशत सम्भावना छ तर आजबाट बार्ताको ढोको खुल्यो', छविले उक्त कुरा बताउने वित्तिकै रेखाले भनिन्, 'मेरो केही कुरा छविलाई मन पर्दैन थियो र मलाई छविको कञ्जुस शैली सहित केही कुरा त्यसैले हामीले यी सव कुरा सुधार्ने सर्त सहित सम्बन्धलाई अघि बढाएका हौ ।' तर रेखाले आफू छविबाट अलग्गिन नचाहेको बताईन् । उनले भनिन्, 'मिडियामा सम्पतिको बिषयमा विभिन्न खबर आईरहेका छन् । मलाई छविको सम्पती चाहिदैन मिल्छ भने छविले बनाईदिएको रेखा नाम पनि उसलाई फर्काइदिन तयार छु र उसको लागि फिल्म लाईन पनि त्यागिदिन सक्छु ।' केही बेरको सो अन्र्तवार्ता पश्चात छविले आफ्नो बाईक कार्यालयमै राखे अनि रेखाको गाडीमा बसेर नयाँ बानेश्वर स्थित रोज मेरी क्याफेमा डिनर गर्न तर्फ लागे ।

किन यस्तो भयो ?
आफूले स्टार बनाएकी हिरोईनले १२ बर्ष पश्चात आफूलाई नै विर्सिएपछी छवि ओझा निकै ठूलो तनावमा परेका थिए । जस अनुरूप ब्यापारिक बुद्धी भएका उनले रेखालाई आफ्नो बसमा पार्न ब्यापरिक बुद्धी चलाए । त्यसैले त रेखालाई चिढ्याउन उनले रेखा फिल्मस हुँदा हुँदै छविराज प्रोडक्सन दर्ता गरे । जुन न्यूजको कारण रेखा पनि ठूलो तनाव परेकी थिईन् र साथ लिईन् आफू निकटका केही मिडिया पर्सनको र उनले पनि छविलाई तर्साउन विभिन्न गेम खेलिन् । डिभोर्स नै नभई डिभोर्स भनी न्यूज आएपछी छविले रेखालाई फोन गरेर कार्यालय बोलाए र विवादलाई सतहमा ल्याउदै श्रीमान श्रीमतीको जस्तो पवित्र सम्बन्धलाई   सम्झौता शैलीमा अगाडी बढाउने तर्क अघि सारे ।
 
निष्कर्ष के होला ?
अहिले यि दुईले मिल्ने कुरा गरे पनि सहमती भने भईसकेको छैन । देशका राजनैतिक दलका नेताहरू सहमतीमा आउनका लागि बार्ता गरिरहेको अवस्थामा रेखा- छबिले पनि आफूहरूको सम्बन्धलाई अन्तिम रूप दिन वार्ता गर्ने बताएका छन् । अब यो जोडी वार्ताबाट फुट या जुट कुन अवस्थामा पुग्ने हो हेर्न बाँकी छ ।





filmy khabar 

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको