४० करोडको ऋणपत्र बिक्री गर्ने भयो सिद्धार्थ बैंकले

सिद्धार्थ बैंकले संघसंस्था र सर्वसाधारणका लागि ४० करोड रुपैयाँको ऋणपत्र (डिबेन्चर) बिक्री गर्ने भएको छ । बैंकले ‘एसबीएल डिबेन्चर २०७५’ ऋणपत्र निष्कासन अनुमतिका लागि करिब दुई साताअघि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले यसलाई स्वीकृत गर्न बाँकी छ ।
बोर्डलाई दिइएको प्रस्तावअनुसार डिबेन्चर किन्नेले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । बैंकले डिबेन्चरको सावाँ सात वर्षमा फिर्ता गर्नेछ । “यो डिबेन्चरमा लगानी गर्नेले अर्ध–वार्षिक रूपमा ब्याज पाउनेछन्,” बैंकका वित्त तथा लेखा प्रबन्धक रामचन्द्र खनालले भने ।
राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी पर्याप्तता अनुपात कायम गर्न डिबेन्चर निष्कासन गर्न लागेको बताउँदै खनालले भने, “बोर्डवाट फागुनसम्ममा निष्कासन अनुमति पाए चैतको पहिलो सातामा बिक्री खुला हुनेछ ।”

बैंकको ४० करोड रुपैयाँ बराबरको डिबेन्चरमध्ये ३२ करोड रुपैयाँबराबरको अर्थात ८० प्रतिशत परिपत्र विधिबाट संघसंस्थाका लागि छुट्ट्याइएको छ । बाँकी २० प्रतिशत अर्थात ८ करोड रुपैयाँबराबर सर्वसाधारणका लागि छुट्ट्याइएको खनालले बताए । यसमध्ये कुनै एक पक्षको पूरा बिक्री नभएमा अर्को पक्षलाई बिक्री गरिनेछ ।
डिबेन्चरमा लगानी गर्दा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि प्रतिकित्ता १ हजार रुपैयाँका दरले निवेदन दिन सक्छन् । अधिकतम १० ले निषेश भाग जाने निष्कासित कुल रकमसम्म निवेदन दिन सक्ने खनालले बताए । डिबेन्चर जारी गर्ने ट्रस्टी नबिल इन्भेस्टमेन्ट मर्चेन्ट बैंकिङ हो

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको