"मन्त्रि थुन्न पुस्तकालय नै भत्काइयो "

 नेपाली कांग्रेसबाट व्रि्रोह गरी कांग्रेस प्रजातान्त्रिक गठनमा निकै महत्वपुर्ण  भूमिका खेलेका   पूर्वमन्त्री  चिरञ्जीवी वाग्ले र कांग्रेसबाटै फोरम राजनीतिमा लागेका जयप्रकाश प्रसाद गुप्तालाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइबे्ररी नै फुटाउनुपरेको हो । 
भ्रष्टाचार अभियोगमा जेल सजाय पाएका विशिष्ट अभियुक्तलाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइब्रेरीलाई एउटा कुनामा थन्क्याएर कोठालाई आधा/आधा गरी बारेको छ । जेलमा कोठा नभएपछि एक वर्षघि पूर्वमन्त्री वाग्लेका लागि लाइब्रेरीको आधा भाग फुटाइएको थियो । 
कारागार व्यवस्थापन विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीका अनुसार खाली कोठा नभएकाले उनीहरूलाई एउटै ब्लकको पनि पुस्तकालय नै विभाजित गरेर राख्नुपरेको हो । 'कैदी बन्दीको संख्या अत्यधिक छ, त्यसैले पनि पुस्तकालयको कोठा बारेर आधा/आधा बनाउनुपरेको हो,' 

सूचना तथा सञ्चारमन्त्रीमा बहाल रहेकै अवस्थामा भ्रष्टाचारी ठहर भएका गुप्ताले पनि डिल्लीबजार कारागार नै रोजेपछि लाइब्रेरीकै बाँकी भागमा राख्नुपरेको हो । वाग्ले र गुप्तासहित अहिले तीन पर्ूवमन्त्री डिल्लीबजार कारागारमा छन् । मन्त्री हुँदा अकुत सम्पत्ति कमाएका वाग्ले र गुप्ता तथा अपहरणको मुद्दामा पर्ुपक्षका लागि थुनामा परेका श्यामसुन्दर गुप्ता एउटै जेलमा बन्दी जीवन बिताई सजाय कटाइरहेका हुन् । 
अपहरणको अभियोगमा एक साताअगाडि पर्ूवमन्त्री श्यामसुन्दर गुप्ता डिल्लीबजार नै पुगेपछि तीन विशिष्ट व्यक्ति एउटै जेलमा पुगेका हुन् । लामो समयसम्म प्रभावशाली मन्त्रालय चलाएर हैसियत बनाएका राजनीतिका तीनै जना चतुर खेलाडीहरूले डिल्लीबजार कारागार रोजेका छन् । भेटघाटका लागि सहज भएकै कारण वाग्लेले एक वर्षगाडि सर्वोच्च अदालतले तोकेको डेढ वर्षो कैद सजाय कटाउन डिल्लीबजार कारागार रोजेका थिए । गत मंगलबार जेपीले पनि सोही सुविधाको उपयोग गर्दै वाग्लेसँगै बस्न डिल्लीबजार कारागार नै छाने । मन्त्री छँदा अकुत सम्पत्ति कमाएको पुष्टि गर्दै सर्वोच्चले वाग्लेलाई बिगो र जरिवानासहित डेढ वर्षकैद सजाय सुनाएको थियो । 
डेढ वर्षध्ये वाग्लेले एक वर्षकाटिसकेका छन् । करिब ६ महिना यी दुवै नेताले एकै जेलको लाइब्रेरी रहेको एउटै कोठामा बिताउनेछन् । वाग्ले पहिलादेखि नै जेलको 'क' ब्लकमा बस्दै आएका थिए । डेढ सय बन्दीको क्षमता मात्र भएको जेलमा करिब सात सय बन्दी छन् । त्यसैले एउटै कोठा पाउने सम्भावना न्यून छ । वाग्लेका लागि जेल प्रशासनले जेलभित्रको पुस्तकालयलाई  आधा बारेर नयाँ कोठा बनाइदिएको थियो । 
अब गुप्तालाई बाँकी रहेको त्यही पुस्तकालयको आधा कोठा छानिएको हो । सोही कारण पुस्तकालय बेवारिसे बनेको छ । अपहरणको अभियोगमा पर्ूपक्षका लागि थुनामा परेका श्यामसुन्दरलाई भने एउटै जेलमा भए पनि 'ख' ब्लकमा राखिएको छ । त्यसैले उनी र गुप्ता तथा वाग्लेबीच नियमित भेटघाट सम्भव छैन । तर, वाग्ले र जेपी एकै कोठामा बसेका छन् । उनीहरूको भने दिनदिनै भेट भइरहेको छ । 
दुवै नेताको राजनीतिक पृष्ठभूमि पनि कांग्रेस नै रहेकाले राजनीतिक कुराकानी पनि भइरहने एक अधिकारीले बताए । भ्रष्टाचारको कसुर प्रमाणित भएर जेल जाने गुप्ता पहिलो बहालवाला मन्त्री हुन् ।




by;rajdhani.com.np

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको