मज्जाको ब्यापार गर्‍यो "LOOT" ले

 ‘लुट’ले पहिलो सातामै लगानी उठाइसकेको हो । ३० लाखमा बनेको सिनेमाले सात दिनमा १ करोड १० लाख ग्रस कलेक्सन गरिसकेको थियो । ४२ दिनसम्म आइपुग्दा २ करोड ५५ लाख (अलनेपाल ग्रस) र ओभरसिज (अष्ट्रेलिया र अमेरिका) ५० लाखसहित ३ करोड ०५ लाख कूल सेलिङ भैसकेको छ जसलाई निकै प्रयत्नपछि डीसीएनले सार्वजनिक गरिदिएको छ । आगामी १९ गते ५१ दिनको डे अभ सक्सेस मनाइरहँदा ‘लुट’को भावी पिकअपबारे विमर्शहरू अवश्य हुनेछन् 
निर्मातामध्येका एक नरेन्द्र महर्जनले त ५१ दिनपछि ‘हंगामा’ हुने भविष्यवाणी नै गरे । बक्सअफिस स्थापनाको कारण देखाएर नेपाली सिनेमाको एउटा वर्गले ‘लुट’को आम्दानीलाई वाहियात भन्न सक्छ ।
नेपाली सिनेमाको कथित ‘संस्थापन वर्ग’ले यसो भनिरहँदा डेढसाता लगाएर डिजिटल विवरण संकलनमार्फत गरिएको कलेक्सन घोषणालाई उसले बिर्सिएको हुनेछ, जुन अस्वभाविक पनि होइन
शुक्रबारदेखि सातौं साता प्रवेश गरेको सिनेमा ५१ दिनपछि झनै रफ्तारसँग अघि बढ्ने आँकलन गरिएको छ । स्वदेशसँगै ओभरसिजमा पनि यसको पिकअप अघि बढिरहनेछ । जस्तो : अमेरिका राइटबाट २० लाख र अष्ट्रेलिया सोजबाट ३० लाख ग्रस बटुलेको सिनेमालाई अन्य डायस्पोरामा प्रदर्शन गरिएको तथ्यांक भने समावेश नगरिएकाले मौजुदा डाटा अझै कम हुन आउँछ । लाखौं संख्यामा प्रवासी नेपाली रहेको भारतमा सिनेमा रिलिज हुँदा कलेक्सनको ग्राफ उक्लिने अपेक्षा गरिएको छ । अर्कोतर्फ, २० लाखमा भीसीडी राइट बेच्ने अन्तिम तयारी भैरहेको छ ।





by;merocinema.com

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको