फुलटेक्रा रकर्स क्लब द्वारा उपाधी कब्जा
फुलटेक्रा रकर्स क्लब नेपालगन्जले सीटी कलेज टी २० क्रिकेट प्रतियोगिता -२०६८ को उपाधीमाथि कब्जा जमाएको छ। नेपालगन्ज युथ क्लबको आयोजनामा स्थानीय मंगलमाविमा भएको फाइनल खेलमा रकर्सले रोयल स्पोर्टसलाई ५ विकेटले पराजित गर्दै उपाधी हात पारेको हो।
रकर्सले टस जितेको सो खेलमा रोयलले पहिले व्याटिगं गर्दै १८.५ ओभरमा सबै विकेट गुमाई ११७ रन बनाएको थियो। कप्तान महेश क्षेत्रीले सर्वाधिक ३२ र ईमरान सिद्दिकीले २१ रन बनाएका थिए। रकर्सका रोहित राना र निर्मल ओलीले ३-३ विकेट लिएका थिए। प्रतिउत्तरमा ११८ रनको विजयी लक्ष्य लिएर खेल्न आएको रकर्सले १७.५ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएपछि जित निश्चित भएको थियो।
फाईनल खेलमा म्यान अफ द म्याच भएका रकर्सका सुवेन्दु पाण्डेले ४७ रन बनाएका थिए भने निर्मल ओलीले १७ रन बनाएका थिए। रोयलका निजामुद्दिन हलवाईले ३ विकेट लिन सफल भएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रोयलका कप्तान महेश क्षेत्री म्यान अफ द सिरीज घोषित हुंदै २१ ईन्चको रंगिन टेलिभिजन प्राप्त गरे भने रकर्सका कप्तान पाण्डे वेस्ट व्याट्सम्यान घोषित हुंदै एक थान मोबाईल सेट प्राप्त गरे। होलिल्याण्डका राजेन्द्र रोका वेस्ट वलर र रविन्द्र क्षेत्री उदियमान खेलाडी घोषित भए।
विजेता टोलीलाई बाँकेका प्रहरी प्रमुख विक्रमसिंह थापा लगायतले पुरस्कार वितरण गरेका थिए।
फाईनलमा विजयी टीमलाई नगद ५ हजार सहित ट्रफि प्रदान गरिएको थियो। गत ५ गतेदेखि संचालन भएको प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो।
0 comments