पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टतिेल र हवाई इन्धनमा चार/चार रुपैयाँका दरले वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावतै राखिएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर ११६, डिजेल र मट्टतिेलको मूल्य, ८५/८५ तथा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ ।यद्यपि हवाई इन्धनको मूल्य कर्णाली अञ्चलमा उडान भर्ने जहाजका हकमा भने लागू नहुजे निगमले जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले गएराति बसेको निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको अनलाइनखबरलाई जानकारी दिनुभयो ।
निगमको घाटापूर्तिका लागि बाध्य भएर मूल्य बढाइएको ढुंगेलले बताउनुभयो । मूल्य वृद्धिपछि नियमको मासिक घाटा १ सय १८ करोडबाट ८५ करोडमा झर्ने प्रवक्ता ढुंगेलको भनाइ छ । केही महिनाअघि बढाएको मूल्यमा निगमले विद्यार्थी आन्दोलनका कारण केही कटौती परे पनि फेरि मूल्य बढाएको हो
0 comments