'' कार्यवाहक अध्यक्षलाई जिम्मा दिइयो सरकारबारे निर्णय गर्न ''


मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सरकार गठनताका माओवादीसँग भएको चारबुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।फोरम गणतान्त्रिकको केन्द्रीय कार्यसमितिको शनिबार बैठकले चारबुँदे सहमतिको कार्यान्वयनको स्थिति र सहमति पालनाको समीक्षाका लागि स्पष्ट कार्यादेश बनाउन कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई आफ्नै नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने गरी जिम्मेवारी दिएको छ ।


माओवादीसँग आवश्यक छलफल गरी वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने विषयलाई अन्तिम निर्णय गर्ने जिम्मा यादवलाई नै सुम्पिएको महासचिव आत्मारामप्रसाद साहले जानकारी दिनुभयो । बैठकले मतदाता नामावली, हुलाकी सडक निर्माण र मधेसी समुदाय नागरिकताका कारण राज्यमा गैरनागरिक भएकोतर्फ आवश्यक पहल गर्ने र त्यसका लागि माओवादीसँग भएको चारबुँदे सहमतिअनुसार ती मुद्दालाई अगाडि बढाउने निर्णयसमेत गरेको छ ।बैठकमा अध्यक्ष जेपी गुप्ताविरुद्ध सर्वोच्चले गरेको निर्णयमा केन्दि्रत भएर छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरुले मधेस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको थियो । बैठक भोलि पुनः बस्ने छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको