पोस्टर ले पनि तहल्का मच्चायो
पोस्टर विदेशी सिनेमाबाट प्रभावित हुने प्रवृत्ति पछिल्लो समय बढेको छ । ‘साथी म तिम्रो’, ‘चपली हाइट’ पछि ‘माइ लाइफ’को पोस्टर पनि हलिउड सिनेमाबाट प्रभावित छ । चैत १० गते रिलिज हुने थ्रीलर सिनेमा ‘माइ लाइफ’को पोस्टर टम क्रुज स्टारर ‘भल्काएर’सँग दुरुस्त छ । जीवन रसाइली निर्देशित सिनेमाले चैत ३ को पूर्वनिर्धारित रिलिज डेट स्थगन गरेर १० गते पोस्टपोन्ड गरेको हो । सुरज आरडी, झरना बज्राचार्य अभिनित सिनेमा अलनेपाल रिलिज हुँदैछ ।चैत तीनमा ‘चपली हाइट’ र ‘माइ लाइफ’ प्रतिस्पर्धामा उत्रने समाचार सार्वजनिक भएको थियो । जीवन रसाइलीद्धारा निर्देशित ‘माइ लाइफ’ प्रतिशोधको प्रेमकथात्मक थ्रीलर सिनेमा हो भने दीपेन्द्र के. खनालद्धारा निर्देशित चलचित्र ‘चपली हाइट’ यौन मनोविज्ञानमा आधारित थ्रीलर सिनेमा हो ।डीसीएनले बाँड्ने ‘माइलाइफ’ अल नेपाल रिलिज हुनेछ । राजधानीका मल्टिप्लेक्ससहित ४५ पर्दाबाट सिनेमा रिलिज हुने जनाइएको छ । दुवै सिनेमाका निर्माता र वितरकहरूको संयुक्त छलफलपछि ‘माइ लाइफ’को रिलिज डेट तोकिएको हो । ५५ लाख निर्माणमा बनेको सिनेमालाई नेपालसँगै ओभरसिज रिलिज गर्ने निर्माता घलेले जानकारी दिए । ‘चपली हाइट’, ‘म तिम्रो भैसकेँ’, ‘रक्षक’ वा ‘सडक’मध्ये एउटा र ‘दिलमा सजाएँ तिमीलाई’ चैत ३ मा रिलिज हुनेछन् । ‘माइ लाइफ’ भने पोस्टपोन्ड भैसकेको छ ।



0 comments